close

डेल्टिनको सहयोगमा नक्सालको नन्दी स्कुलमा बन्यो आधुनिक कम्प्युटर ल्याब

टेकपाना टेकपाना

असोज ७, २०८० १७:१८

डेल्टिनको सहयोगमा नक्सालको नन्दी स्कुलमा बन्यो आधुनिक कम्प्युटर ल्याब

काठमाडौं । हस्पिटालिटी तथा इन्टरटेनमेन्ट क्षेत्रको कम्पनी डेल्टिनको सहयोगमा नक्साल स्थित नन्दी माध्यमिक विद्यालयमा आधुनिक कम्प्युटर ल्याब स्थापना भएको छ । कम्पनीले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत १७ लाख रुपैयाँ सहयोगमा उक्त ल्याब स्थापना गरेको हो ।

उक्त ल्याबले विद्यालयको स्तरोन्नतिमा उल्लेखनीय भूमिका खेल्ने कम्पनीको विश्वास छ । डेल्टिन नेपालका निर्देशक मनोज जैनले विस्तारित हुँदै गएको डिजिटल विश्वमा आवश्यक टुलको उपलब्धताले विद्यार्थीको सशक्तीकरण गराउने बताए ।

कम्प्युटर ल्याबमा आधुनिक कम्प्युटर, उच्च गतिको इन्टरनेटसँगै विद्यार्थीलाई आवश्यक शैक्षिक सफ्टवेयर उपलब्ध गराइएको छ । कम्प्युटर ल्याबको सहयोगमा त्यहाँका विद्यार्थीको डिजिटल साक्षरता सीप, यसअघि अनुपलब्ध शैक्षिक सामग्रीमाथिको पहुँच स्थापित हुने विश्वास लिइएको छ ।

पछिल्लो अध्यावधिक: असोज ७, २०८० १७:१८