close

अब पोखरा र चितवनमा पनि विद्युतीय सवारी सिट्रोनको शोरुम

टेकपाना टेकपाना

असोज १५, २०८० १०:६

अब पोखरा र चितवनमा पनि विद्युतीय सवारी सिट्रोनको शोरुम

काठमाडौं । चितवन र पोखरामा समेत विद्युतीय सवारी निर्माता कम्पनी सिट्रोनको शोरुम खुलेको छ । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक साङ्ग्रिला मोटर्सले दुई ओटा नयाँ शोरुम विस्तार गरेको हो । 

पोखराको नयाँ बजारमा खोलिएको नयाँ शोरुम  एसएसएल मोटर्स कम्पनीको रहेको छ भने चितवनको भरतपुर–१०, रिजाल चोकमा रहेको शोरुम ओजोन मोटर्स कम्पनीको रहेको छ । 

यी नयाँ शोरुमहरूमा विद्युतीय गाडी सिट्रोन ईसीथ्री बिक्रीका लागी राखिएका छन् । यातायात व्यवस्था कार्यालय गण्डकीका कार्यालय प्रमुख डिल्लीराज रिजाल र सिट्रोनका लागि नेपालको आधिकारिक बिक्रेता साङ्ग्रिला मोटर्सका सहायक महा प्रबन्धककिरण श्रेष्ठले बिहीवार एक कार्यक्रमबीच पोखरा स्थित शोरुमको उद्घाटन गरेका थिए ।

 

सिट्रोन सन् १९१९ मा स्थापित फ्रान्सेली सवारी निर्माता कम्पनी हो । सिट्रोन ईसीथ्रीमा २९.२ किलोवाट आवर ब्याट्री रहेको छ भने ४२.५ किलोवाट क्षमताको मोटर राखिएको छ । 

१४३ एनएमको टर्क सिर्जना गर्न सक्ने यो ईभीको मूल्यको कुरा गर्नु पर्दा लाइभ भेरियन्टका लागि ३२ लाख ९९ हजार र फिल भेरियन्टको ३४ लाख ९९ लाख रुपैयाँ रहेको छ । कम्पनीले भारतमा बनेको कम्प्याक्ट एसयूभी सेग्मेन्टमा यो नै सबैभन्दा कम मूल्यको ईभी भएको बताउँदै आएको छ । 

डीसी फास्ट चार्जरबाट चार्ज गर्दा समेत सिट्रोन ईभीमा प्रयोग गरिएको ब्याट्री लामो समयसम्म टिक्ने दाबी गरिएको छ । कम्पनीले यो कारको ब्याट्री प्याकमा सात वर्ष वा १ लाख ४० हजार किलोमिटरको  वारेन्टी दिएको छ ।

त्यस्तै यसमा दिइएको विद्युतीय मोटरमा भने ५ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी छ । साङ्ग्रिला मोटर्सले दशैं-तिहारको अवसरमा प्रवर्द्धनात्मक योजना पनि ल्याएको छ । जसअन्तर्गत ग्राहकले आकर्षक छुट, निःशुल्क सडक कर, र एक वर्षभरको लागि निःशुल्क बीमा लगायतका लाभ लिन सक्नेछन्। 



 

पछिल्लो अध्यावधिक: असोज १५, २०८० १०:६