close

इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षा पुनः स्थगित

टेकपाना टेकपाना

असोज १७, २०८० १६:२६

इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षा पुनः स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को प्रवेश परीक्षा कार्यक्रम पुनः स्थगित भएको छ । प्रवेश परीक्षा बोर्ड पदाधिकारीहरूले संयुक्त राजीनामा दिएकाले प्रवेश परीक्षा स्थगित गरिएको आईओई, डीन कार्यालयले जनाएकाे छ ।

डीन कार्यालयको १६ गतेको निर्णय अनुसार अर्को सूचना प्रकाशित नभएसम्म स्थगन गरेको डीन कार्यालयका शाखा अधिकृत निरज कुमार वैद्यले जानकारी दिए ।

यसअघि संस्थानले पुरानै शुल्कमा बीई तथा बी आर्कमा स्नातक तहको भर्नाको प्रक्रिया पुनः सुरु गर्नेगरी परीक्षा कार्यक्रम घाेषणा गरिएपनि मंगलबार प्रवेश परीक्षा बोर्डका अध्यक्ष, सल्लाहकार र सदस्यहरूले संयुक्त राजीनामा दिएका थिए । 

May be an image of ticket stub and text

पछिल्लो अध्यावधिक: असोज १७, २०८० १६:३९