close

क्रिकेटर कुशल, रोहित र दीपेन्द्र एकसाथ बने एफवन सफ्ट ग्रुपका ब्राण्ड एन्डोर्सर

टेकपाना टेकपाना

असोज १९, २०८० ११:७

क्रिकेटर कुशल, रोहित र दीपेन्द्र एकसाथ बने एफवन सफ्ट ग्रुपका ब्राण्ड एन्डोर्सर

 

काठमाडौं । नेपालको प्रमुख मध्येको एक वित्तीय प्रविधि (फिनटेक) समूह एफवन सफ्टले तीन जना नेपाली क्रिकेट खेलाडीलाई ब्रान्ड एन्डोर्सरको बनाएको छ । समूहले राष्ट्रिय क्रिकेट टिमका प्रमुख तीन खेलाडी दीपेन्द्रसिंह ऐरी, कप्तान रोहित पौडेल र कुशल भुर्तेलसँग यसका लागि सम्झौता गरेको हो । 

फोनपे, ईसेवा र ईसेवा मनि ट्रान्सफर गरी एफवन सफ्ट ग्रुपका सहायक तीन कम्पनीले क्रमशः कुशल भुर्तेल, रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एन्डोर्सरको चयन गरेको छ । यो सहकार्यले क्रिकेट खेलाडीको यात्रालाई सशक्त बनाउने अपेक्षा गरिएको छ । 

बिहीवार भएको सम्झौता कार्यक्रममा  एफवन सफ्ट ग्रुपका निर्देशक सुवास शर्मा, ईसेवाका प्रमुख व्यापार अधिकृत आशिष गौतम, ईसेवा मनिट्रान्सफरका व्यापार सञ्चालन प्रबन्धक सुमित भण्डारी  र फोनपेका प्रमुख व्यापार अधिकृत सुमित दासको उपस्थिति रहेको थियो ।  

यो साझेदारी अन्तर्गत एफवन सफ्ट ग्रुपले नेपालको क्रिकेट खेलमा आफ्नो जीवन समर्पण गर्ने खेलाडीलाई भरपुर साथ दिने उल्लेख छ । जसबाट मैदानमा खेलाडीको प्रदर्शन बढाउन मद्दत गर्न मात्र नभई खेलाडीको मनोबल सुनिश्चित गर्ने बताइए पनि सहकार्य अन्तर्गत खेलाडी र कम्पनी पक्षको भूमिका स्पष्ट रूपमा खुलाइएको भने छैन । 

पछिल्लो अध्यावधिक: असोज १९, २०८० ११:७