close

दशैं-तिहारमा २०० किमि रेञ्ज ग्यारेन्टी भएको हेनरी ईभी किन्नेलाई एक बिजुली स्कुटर सित्तैमा

टेकपाना टेकपाना

असोज १९, २०८० १२:३२

दशैं-तिहारमा २०० किमि रेञ्ज ग्यारेन्टी भएको हेनरी ईभी किन्नेलाई एक बिजुली स्कुटर सित्तैमा

काठमाडौं । विद्युतीय गाडीको  स्थानीय वितरक कम्पनी पायोनियर वर्ल्डवाइड प्रालिले चाडबाडलाई लक्षित गर्दै आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले हेनरी मिनिकार बिजुली गाडी खरिद गर्नेलाई एक बिजुली स्कुटर सित्तैमा दिने अफर ल्याएको हो ।

इलेक्ट्रिफाइङ फेस्टिभल अफर नामक उक्त अफर दशैं, तिहार र छठ समेतलाई लक्षित गर्दै १५ असोजदेखि ५ मङ्सिरसम्मका लागि ल्याइएको उल्लेख छ । सुरक्षित, आरामदायी र सहजताका लागि उपयुक्त हेनरी ईभीमा थुप्रै अत्याधुनिक फिचर समावेश छन् ।

जसमा एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस), इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन (ईबीडी), इलेक्ट्रिक पावर स्टेरिङ (ईपीएस), सुरक्षाका लागि एयरब्याग, हिल होल्ड असिस्ट र अल पावर विन्डो समावेश छन् ।

२०० लिटर बुट स्पेस रहेको यो गाडीमा लक्जरियस पीयू लेदर सिट, एसयूभी जस्तैगरी मिलाइएको ड्राइभर सिट, स्टाइलिस एलोय ह्विल, ५ लिटरको ग्लोभ बक्स र गज्जबको रिजेनेरेटिभ ब्रेकिङ सिस्टम समेत यसमा पाउन सकिन्छ । तराई-पहाड जुनसुकै भूभागका लागि उपयुक्त हुने दाबी गरिएको यो गाडीको रेन्ज २०० किलोमिटर ग्यारेन्टी गरिएको छ ।

चाडबाड अफर अन्तर्गत यो बिजुली गाडी खरिद  गर्ने हरेक ग्राहकले उपहारको रूपमा लिड एसियड ब्याट्री भएको एउटा नयाँ ईटी३ इलेक्ट्रिक स्कुटर निःशुल्क पाउने छन् ।  

यसका लागि नेपालभर रहेका आफ्ना आधिकारिक डिलरहरूमा सम्पर्क राख्न पायोनियर वर्ल्डवाइडले आग्रह गरेको छ । यो गाडीको मूल्य २३ लाख ५० हजार रुपैयाँ रहेको छ ।

 

पछिल्लो अध्यावधिक: असोज १९, २०८० १२:३३