close

डीआरएस गेमिङको पब्जी प्रतियोगिताः शीर्ष १४ ‘अन्डरडग’ ले पीएमपीएल टिमसँग खेल्न पाउने

टेकपाना टेकपाना

असोज १९, २०८० १३:४७

डीआरएस गेमिङको पब्जी प्रतियोगिताः शीर्ष १४ ‘अन्डरडग’ ले पीएमपीएल टिमसँग खेल्न पाउने

 

काठमाडाैं । पब्जी टिम ‘डीआरएस गेमिङ’ले आयोजना गरेको पब्जी प्रतियोगिता ‘डीआरएस शाेडाउन’को पहिलो चरणको खेल सकिएको छ । बिहीवार सम्पन्न भएको अन्डरडगको फाइनलमा ‘गर्मिज’टिम १२४ पोइन्ट ल्याएर पहिलाे बन्याे ।

‘गर्मिज’ले १२ गेममा दुई चिकेन डिनर सहित ७८ इलिमिनेसन पोइन्ट ल्याएको थियो । त्यस्तै अन्डरडगको फाइनलको दोस्रो स्थानमा ‘कर्मा अफिसियल’ र तेस्रो स्थानमा ‘फोडिजिट गेमिङ’ रहेका छन् ।

अन्डरडग फाइनल जितेसँगै गर्मिजले ५० हजार रुपैयाँ हात पारेको छ । त्यस्तै दोस्रो र तेस्रो स्थानमा रहेका टिम ‘कर्मा अफिसियल’ र ‘फोडिजिट गेमिङ’ले पनि क्रमश: ३० हजार र २० हजार पाएका छन् ।

अन्डरडगको फाइनलमा शीर्ष १४ भित्र रहेका टिमहरुले ‘पब्जी मोबाइल प्रो लिग (पीएमपीएल)’ खेलेका टिमहरू सँग प्रतिस्पर्धा गर्ने छन् । जसलाई ‘प्रो राउण्ड प्लेअफ’ नाम दिइएको छ । ‘प्रो राउण्ड प्लेअफ’मा कुल २० टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमध्ये छपीएमपीएल खेलेका टिम हुने बताइएको छ ।

प्लेअफ खेल्ने ६ पीएमपीएल खेलेको टिमको घोषणा भइसकेको छ । जसमा ‘टीटूके ई-स्पोर्ट्स’, ‘डेडआइज गाइज’, ‘इलुमिनेट क्रु’, ‘डीआरएस गेमिङ’, ‘होरा ई-स्पोर्ट्स’ र  ‘लियो ई-स्पोर्ट्स’ रहेका छन् । प्लेअफ भोलि अर्थात् शनिबारबाट सुरु हुनेछ । यो लगातार चार दिन चल्नेछ र यसबाट शीर्ष १६ भित्र पर्ने टिमले ‘डीआरएस शोडाउन’को अन्तिम चरण अर्थात् ग्र्यान्ड फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्लेअफको लागि तीन लाख ७५ हजार पुरस्कार राशि छुट्याइएको छ । ग्रान्ड फिनाले १२ अक्टोबर देखि १६ अक्टोबर सम्म चल्नेछ । यो प्रतियोगिता अर्थात् फाइनलको विजेताले दुई लाख रुपैयाँ पाउनेछन् भने दोस्रो र तेस्रो हुने टिमले पनि क्रमश ८० हजार र ६० हजार पाउने छन् ।

यो प्रतियोगिताको सबै खेलको लाइभ डीआरएस गेमिङको फेसबुक पेज तथा युट्युब च्यानलबाट साँझ ५ बजे पश्चात हेर्न सकिने छ ।

 

*यसअघिको शीर्षकमा अन्यथा पर्न गएकोले सच्याइएको छ । -स.

पछिल्लो अध्यावधिक: असोज १९, २०८० २०:३३