close

मोबाइल बैंकिङबाट हवाई टिकेट काट्दा रु २०० क्याशब्याकसँगै म्याकबुक एयर जित्ने मौका

टेकपाना टेकपाना

असोज २२, २०८० १४:१९

मोबाइल बैंकिङबाट हवाई टिकेट काट्दा रु २०० क्याशब्याकसँगै म्याकबुक एयर जित्ने मौका

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोन पेले 'फोन पे सुपर यात्रा' नामक नयाँ अभियान सञ्चालनमा ल्याएको छ । प्रयोगकर्तालाई मोबाइल बैंकिङ एप मार्फत हवाई टिकेट खरिद गर्न प्रेरित गर्ने उद्देश्यले फोन पेले यस्तो अफर ल्याएको हो ।

कम्पनीका अनुसार १७ असोजदेखि सुरु भएको यो 'सुपर यात्रा' अभियान कात्तिक ११ सम्म लागु हुनेछ । यो अभियान अन्तर्गत एक भाग्यशाली ग्राहकले उपहार स्वरूप म्याकबुक एयर पाउने छन् । 

त्यसबाहेक अतिरिक्त लाभका रूपमा नयाँ ग्राहकले प्रोमो कोड (SUPERYATRA200) प्रयोग गरी आफ्नो पहिलो हवाई टिकेट खरिद गर्दा २०० रुपैयाँ क्याशब्याक पाउनेछन् ।

यो अभियानमा सहभागी हुन ग्राहकले तोकिएको अभियान अवधिमा मोबाइल बैंकिङ एप मार्फत कम्तीमा एउटा हवाई टिकट खरिद गर्नु पर्नेछ ।

यो अभियानले मोबाइल बैंकिङ एप मार्फत हवाई टिकट खरिद गर्ने सहजतालाई प्रोत्साहन गर्नुका साथै चाडपर्वको घडीमा अधिकांश ग्राहकहरूको यात्रामा थप ऊर्जा दिने लक्ष्य राखेको छ ।

“हाम्रो अभियानको प्रमुख उद्देश्य, यात्रुहरूले हवाई टिकट खरिद गर्दा मोबाइल बैंकिङ एप रोज्नको लागि थप आकर्षणको सिर्जना गराउनु हो," सो अभियानको उद्देश्यका बारेमा बोल्दै फोन पेका प्रमुख रणनीति अधिकृत सुवोद शर्माले भने, "हाम्रो लक्ष्य धेरैभन्दा धेरै ग्राहकलाई विद्युतीय भुक्तानी प्रणालीमा प्रवेश गराउनमा केन्द्रित रहेको छ र सुपर यात्रा जस्ता अभियान सोही लक्ष्यलाई अगाडि बढाउने एउटा कदम हो ।”

सुपरयात्रा अभियानमा कसरी सहभागी हुने ?

  • सबैभन्दा पहिले कुनै पनि मोबाइल बैंकिङ एप खोलेर लगइन गर्नुहोस् । 

  • त्यसपछि पेमेन्ट सेक्सनमा जानुहोस् । 

  • अनि ‘अनलाइन पेमेन्ट्स बाई फोन पे’को सेक्सनमा जानुहोस् । 

  • त्यसपछि डोमेस्टिक वा इन्टरनेसनल फ्लाइटमध्ये एउटा छान्नुहोस् । 

  • त्यहाँ आफू रहेको ठाउँ र पुग्नुपर्ने ठाउँ छनोट गरेर आवश्यक अन्य विवरण भरेर टिकेट कन्फर्म गर्नुहोस् । 

  • यति गरेसँगै फोन पेको यो अफरमा तपाईंको सहभागी सुनिश्चित हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २२, २०८० १४:२१