close

सयौं कर्मचारी कटौती गर्दै लिङ्क्डइन

टेकपाना टेकपाना

कात्तिक ३, २०८० १२:४९

सयौं कर्मचारी कटौती गर्दै लिङ्क्डइन

काठमाडौं । माइक्रोसफ्टको स्वामित्वमा रहेको लिङ्क्डइनले सयौंको सङ्ख्यामा कर्मचारी कटौती गर्ने भएको छ । विभिन्न शाखा तथा समूहमा कार्यरत कुल छ सय ६८ कर्मचारी कटौती गर्ने कम्पनीले आफ्नो ब्लगमार्फत जानकारी दिएको हो ।

कम्पनीले यसरी कर्मचारी कटौती गर्ने निर्णय गरेको यो दोस्रो पटक हो । यसअघि गत वैशाखमा कम्पनीले सात सय १६ कर्मचारी निकालेको थियो । नयाँ पुनःसंरचनामार्फत कम्पनीलाई नयाँ उचाइमा पुर्‍याउनका लागि यो निर्णय लिइएको कम्पनीले जनाएको छ ।

कम्पनीले कम्पनीका कार्यरत कर्मचारीलाई इमेलमार्फत यसबारे जानकारी समेत उपलब्ध गराई सकेको जनाइएको छ । जसमा विश्वव्यापी रूपमा देखिएको आर्थिक मन्दीका साथै कम्पनीमा पुनःसंरचनाको आवश्यकता देखिएकाले यो खालको निर्णय लिइएको उल्लेख छ । 

कम्पनीका अनुसार रिसर्च एण्ड डेभलपमेन्ट अन्तर्गत ५६३ जना कर्मचारी कटौती हुनेछ । त्यस्तै १३७ जना इन्जिनियर तथा ३८ जना प्रोडक्ट सेक्सनमार्फत कर्मचारी कटौती गरिनेछ ।

पछिल्लो अध्यावधिक: कात्तिक ३, २०८० १२:४९