दशैं मनाउँदै गरेको फोटो रियलमीको फेसबुक पोस्टको कमेन्टमा शेयर गर्दा उपहार जित्ने अवसर
कात्तिक ४, २०८० १३:५८
काठमाडौं । रियलमीले नेपालीहरूको महान् चाड विजयादशमीको अवसर पारेर दशैं फोटो कन्टेस्टको सुरुवात गरेको छ । यस फोटो कन्टेस्टमा सहभागी हुँदा आकर्षक पुरस्कारहरू जित्न सकिने कम्पनीले जनाएको छ ।
कन्टेस्टमा सहभागी हुन सर्वप्रथम सहभागीहरूले आफ्नो परिवारसँग दशैँ मनाउँदै गरेको तस्वीर खिचेर रियलमीको फेसबुक पोस्टको कमेन्ट बक्समा शेयर गर्नुपर्नेछ । साथै, रियलमीको फेसबुक र इन्स्टाग्राम पेजलाई लाइक र फलो पनि गर्नुपर्नेछ ।
सबैभन्दा धेरै कमेन्ट तथा लाइक प्राप्त गर्ने फोटोलाई भाग्यशाली विजेता घोषणा गरिने कम्पनीले जनाएकाे छ ।
कात्तिक २ गतेदेखि सुरू भएको यस दशैँ कन्टेस्टमा कार्तिक १३ सम्म सहभागी हुन सकिनेछ ।
पछिल्लो अध्यावधिक: कात्तिक ४, २०८० १४:३
