close

क्रिप्टोकरेन्सीबाट अर्बपति हुँदै कङ्गाल बनेका युवक दोषी ठहर, ११० वर्ष जेल सजाय हुन सक्ने

टेकपाना टेकपाना

कात्तिक १८, २०८० १६:४४

क्रिप्टोकरेन्सीबाट अर्बपति हुँदै कङ्गाल बनेका युवक दोषी ठहर, ११० वर्ष जेल सजाय हुन सक्ने

काठमाडौं । कुनै समय ‘क्रिप्टो किङ’ अर्थात् क्रिप्टोका राजा भनेर चिनिएका ३१ वर्षीय साम ब्याङ्कम्यान-फ्रिडलाई ११० वर्षसम्म जेल सजाय हुनसक्ने भएको छ ।

पूर्वअर्बपति फ्राइडलाई उनको कम्पनी एफटीएक्स क्रिप्टोकरेन्सी एक्सचेन्जबाट ग्राहक ठगेको दोषी ठहर गर्दै म्यानह्याटनको संघीय अदालतले यस्तो निर्णय गरेको हो ।

ब्याङ्कम्यान-फ्रिडको कम्पनी एफटीएक्स र त्यससँग आबद्ध 'अलमिडा रिसर्च'ले ग्राहकले जम्मा गरेको रकम गैरकानूनी रूपमा प्रयोग गर्दै आएको थियो । त्यसको खुलासापछि कम्पनी बन्द हुनुका साथ ग्राहकले जम्मा गरेको रकम फिर्ता दिन नसकेपछि बैंकरप्ट भएको थियो ।

त्यस्तै एफटीएक्सबाट ब्याङ्कम्यान-फ्रिडले अरबौं डलर चोरेको, कम्पनीलाई डुबाउन सहयोग गरेको लगायतका सात ओटा मुद्दा दायर भएको थियो । त्यसपछि गत डिसेम्बरमा उनी अमेरिकी इतिहासकै ठूलो ठगी आरोपमा पक्राउ परेका थिए । याे घटनाले क्रिप्टोकरेन्सीको जगतमा ठूलै हलचल आएको थियो ।

गत बिहीबार भएको उनको मुद्दाको छलफलमा ब्याङ्कम्यानले एफटीएक्स चलाउन गल्ती गरेको स्वीकार गरे पनि ग्राहकको पैसा चोरेको अस्वीकार गरेका छन् ।

अब उनको सजाय सुनाउने दिन २८ मार्च २०२४ को लागि तोकिएको छ । त्यसपछि भने उनले पाउने अन्तिम सजाय निर्धारण हुनेछ ।

सम्बन्धित समाचारः
साम ब्याङ्कम्यान-फ्रिड अमेरिकी इतिहासकै ठूलो ठगी आरोपमा पक्राउ

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०८० १२:१८