close

भूकम्प प्रभावित जाजरकोटमा वर्ल्डलिङ्कको निःशुल्क इन्टरनेटसँगै राहत सामग्री

टेकपाना टेकपाना

कात्तिक २०, २०८० १९:३७

भूकम्प प्रभावित जाजरकोटमा वर्ल्डलिङ्कको निःशुल्क इन्टरनेटसँगै राहत सामग्री

 

काठमाडौं । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले भूकम्प प्रभावित जाजरकोट जिल्लामा निःशुल्क इन्टरनेट उपलब्ध गराएको छ । सामाजिक सञ्जालमा एक पोस्ट राख्दै कम्पनीले निःशुल्क इन्टरनेट तथा राहत सामग्री वितरण गरिएको जानकारी दिएको हो ।

“वर्ल्डलिङ्कको क्षेत्र नम्बर-७ का हाम्रा कर्मचारीहरूको सहयोगमा भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा, स्थानीय जनताहरूका लागि औषधी, चामल, तेल, दाल, नुन, चाउचाउ, कम्बलका साथै सम्पूर्ण राहत सामग्री हस्तान्तरण गरिएको छ,” फेसबुक पोस्टमा लेखिएको छ । कम्पनीका अनुसार कम्पनीले सो क्षेत्रमा निःशुल्क वाईफाई तथा इन्टरनेट पनि उपलब्ध गराएको छ ।  

Facebook:

पछिल्लो अध्यावधिक: कात्तिक २०, २०८० १९:३७