काठमाडौं । एनसेल आजियाटा लिमिटेडले चलचित्रमार्फत दाजुबहिनी तथा दिदीभाइहरूको विशेष सम्बन्ध चित्रण गर्न भाइटीकाको थिममा लघु चलचित्र प्रतियोगिताको आयोजना गरेको छ ।
यस प्रतियोगितामा आकर्षक कथा र प्रस्तुतिमार्फत दर्शकलाई प्रेरित गर्ने खालको चलचित्र बनाउनसक्ने सबै इच्छुक व्यक्ति वा समूहले भाग लिनसक्ने एनसेलले जनाएको छ । कम्पनीका अनुसार प्रतियोगिताका सहभागीले दिदीभाइहरूको हृदयस्पर्शी सम्बन्धलाई तीनदेखि पाँच मिनेटसम्मको भिडिओ अर्थात् चलचित्रमा सुन्दर ढंगमा प्रस्तुत गरेको हुनु पर्दछ ।
''भिडिओका कथामा एनसेलको सरप्राइज योजना, रिचार्ज, डेटा वा भ्वाइस प्याक प्रयोगका बारेमा एक वा बढी तत्त्व समावेश गरी ‘हामी तपाईंकै लागि’ विषयवस्तुको वरिपरि घुमेको हुनुपर्दछ,'' कम्पनीकाे विज्ञप्तिमा भनिएकाे छ ।
उल्लेखित सबै कुरालाई ध्यानमा राखी सहभागीहरूले दिदीभाइबीचको सुमधुर सम्बन्धलाई मन छुने प्रस्तुतिमार्फत उजागर गर्दै आफ्नो कलाकारितामार्फत निर्णायक मण्डलको मन जितेर पुरस्कार जित्ने मौका पाउनेछन् ।
प्रतियोगितामा प्रथम हुने व्यक्ति वा समूहले रु. एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुनेले रु. ७५ हजार नगद र तेस्रो हुनेले रु ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ ।
प्राप्त सबै भिडिओमध्ये छानिएका भिडियोहरू भाइटीकाको दिन एनसेलका सोसल मिडिया प्लेटफर्महरुमार्फत सार्वजनिक गरिनेछ ।
निर्देशक, निर्माता तथा अभिनेता आशिफ शाह, मल्टिमिडिया स्टोरीटेलर तथा द रेकर्ड नेपालकी निर्माता साहाना बज्राचार्य र फिल्म निर्माता अविन भोको एक निर्णायक मण्डलले यस प्रतियोगितामा प्राप्त भिडिओहरुको समीक्षा र मूल्याङ्कन गर्नेछ ।