close

एसईई परीक्षाको रजिस्ट्रेसन फाराम खुल्यो, अनलाइनबाटै यसरी गर्नुहोस् डाउनलोड

टेकपाना टेकपाना

कात्तिक २४, २०८० १५:२

एसईई परीक्षाको रजिस्ट्रेसन फाराम खुल्यो, अनलाइनबाटै यसरी गर्नुहोस् डाउनलोड

 

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सहभागी हुने विद्यार्थीहरूका लागि रजिस्ट्रेसन फाराम खुला भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रवार एक सूचना जारी गर्दै यसको जानकारी दिएको हो । 

अहिले ९ कक्षामा साधारण, परम्परागत र प्राविधिक धारतर्फ नियमित रुपमा अध्ययनरत विद्यार्थीहरूले २०८१ सालको एसईई परीक्षामा सहभागी हुन उक्त फाराम अनिवार्य रुपमा भर्नु पर्नेछ । विद्यार्थीले २४ कात्तिकदेखि मंसिर मसान्तभित्र ३०० रुपैयाँ र त्यस समयमा फाराम भर्न नसके १ पुसदेखि १५ पुसभित्र ६०० रुपैयाँ राजश्वबापत बुझाउनु पर्नेछ ।

विद्यार्थीहरूले २०८१ को एसईईमा सहभागी हुन आफ्नो नाम दर्ता गर्ने प्रयोजनका लागि भरिने भएकाले यो फाराम नभर्ने विद्यार्थीहरूले उक्त सालमा हुने एसईईमा सामेल हुन पाउने छैनन् । त्यस्तै विद्यार्थीले आफू अध्ययनरत विद्यालयबाट मात्र फाराम भर्नु पर्ने छ ।

साथै दोहोरो विद्यालयबाट भरिएको रजिस्ट्रेसन फाराम रद्द हुने बताइएको छ । विद्यालयले यहाँ क्लिक गरी रजिस्ट्रेसन फाराम डाउनलोड गर्न सक्ने छन् । अथवा राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० वा सम्बन्धित शिक्षा विकास निर्देशनालयको वेबसाइटबाट समेत फारम डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको छ । 

 

हेर्नुहोस् सूचना

पछिल्लो अध्यावधिक: कात्तिक २४, २०८० १५:३