close

गुगल मेसेजको आरसीएस च्याटमा थपियो अल्ट्रा एचडीआर इमेज सपोर्ट

टेकपाना टेकपाना

मंसिर ११, २०८० १५:२९

गुगल मेसेजको आरसीएस च्याटमा थपियो अल्ट्रा एचडीआर इमेज सपोर्ट

काठमाडौं । गुगल मेसेजको आरसीएस च्याटमा अल्ट्रा एचडीआर इमेज सपोर्ट फिचर थपिएको छ । आरसीएस च्याटको उक्त फिचर पिक्सेल ८ प्रयोगकर्ताका लागि यस अघि नै रोलआउट भएको पाइएको हो ।

दएसपीएन्ड्रोइडका अनुसार गुगल मेसेजले अल्ट्रा एचडीआर इमेज सपोर्ट थप गरेको छ, तर त्यससँगै नयाँ इमेज फर्म्याट सम्बन्धमा अन्य सीमाहरू भने लगाइएको छ । अल्ट्रा एचडीआर एउटा इमेज फर्म्याट हो, जुन एन्ड्रोइड १४ र आरसीएस च्याटमा मात्रै उपलब्ध रहेको छ ।

परिणाम स्वरूप तपाईंले यो नयाँ फिचरको अनुभव केवल एन्ड्रोइड १४ रहेका डिभाइसमा मात्रै पाउन सक्नु हुनेछ । यसका लागि तपाईंसँग अल्ट्रा एचडीआर तस्विर समेत हुनुपर्छ, जुन चाहिं तपाईंले पिक्सेल ८ सिरिजका फोनबाट सहजै खिच्न सक्नु हुन्छ ।

अल्ट्रा एचडीआर एउटा नयाँ तस्वीरको फर्म्याट (ढाँचा) हो, जुन एचडीआर मेटाडेटा सहितको जेपीईजी फर्म्याटको एउटा छुट्टै स्तर हो । जेपीईजीमाथि अल्ट्रा एचडीआर बनेपनि गैर-एचडीआर डिस्प्लेले उक्त स्ट्यान्डर्डका तस्विर देखाउने कार्यलाई भने निरन्तरता दिनेछन् ।

यद्यपि एचडीआर डिस्प्लेमा भने एचडीआर मेटाडेटाको सहयोगमा तस्विरको कलर र कन्ट्रास्टमा बढोत्तरीको लाभ लिन सकिनेछ । तपाईंले गाढा अँध्यारो र थप चहकिलो हाइलाइट र समग्रमा उच्चस्तरको फोटो पाउन सक्नु हुनेछ ।

यससँगै प्रयोगकर्ताले गुगल मेसेजभित्र रहेको आरसीएस च्याटमा अल्ट्रा एचडीआर फोटो पठाउन र प्राप्त गर्ने सक्ने भएका छन् । तर अल्ट्रा एचडीआर फोटो पठाइएको र प्राप्त गरेको सूचीत गर्ने कुनै किसिमको सूचक वा सङ्केत भने राखिएको छैन । तर तपाईंले त्यसलाई हेर्नु हुन्छ, गेन म्याप भने लागु हुनेछ । 

 

पछिल्लो अध्यावधिक: मंसिर ११, २०८० १५:२९