close

वार्षिक साढे ६ हजारमै डिशहोम फाइबरनेटको ५० एमबीपीएस इन्टरनेट

टेकपाना टेकपाना

मंसिर ११, २०८० १९:२०

वार्षिक साढे ६ हजारमै डिशहोम फाइबरनेटको ५० एमबीपीएस इन्टरनेट

 

काठमाडौं । डिशहोम फाइबरनेटले आफ्नो इन्टरनेटको वार्षिक प्याकेजमा भारी छुट अफर घोषणा गरेको छ । कम्पनीले नयाँ ग्राहकका लागि वार्षिक छ हजार ६८५ रुपैयाँ (भ्याट बाहेक) मै ५० एमबीपीएस गतिको इन्टरनेट जडान गर्न सकिने अफर ल्याएको हो । 

यसका साथै ग्राहकले वार्षिक प्याकेज जडान गर्दा फाइभ-जी डुअल ब्यान्ड राउटर पनि सित्तैमा पाउने कम्पनीले जनाएको छ । यसअघि ५० एमबीपीएसको यही वार्षिक प्याकेजको मूल्य सात हजार ७९९ रुपैयाँ रहेको थियो । 

कम्पनीले सानदार योजनाको रूपमा ल्याएको यो  १२ महिने प्याकेज अन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएसदेखि तीन सय एमबीपीएस सम्मका प्याकेजहरू जडान गर्न सक्ने छन् । 

जसमा ५० एमबीपीएसदेखि २५० एमबीपीएस सम्मको वार्षिक प्याकेज जडानमा फाइभ-जी राउटर प्राप्त गर्न सकिने छ भने ३०० एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई-सिक्स राउटर पाउने छन् ।

यस अघि कम्पनीले जारी गरेको फेस्टिभ २४ महिने अफरलाई भने निरन्तरता दिने जनाइएको छ । ५० एमबीपीएसको २४ महिने प्याकेजको मूल्य अफरको रूपमा १० हजार ४९९ (भ्याटबाहेक) रहेको छ । 

ग्राहकले आफू नजिकैको डिशहोम फाइबरनेट डिलर दाइ वा ०१–५९७०३६५ मा सिधै फोन गरी डिशहोम फाइबरनेटको अफर तथा प्याकेज बारे थप जानकारी लिन सक्नेछन् । 

पछिल्लो अध्यावधिक: मंसिर ११, २०८० १९:२०