close

डिशहाेमकाे ७२ घण्टे अफर, २४ महिने रिचार्जमा अर्को ६ महिना निःशुल्क इन्टरनेट

टेकपाना टेकपाना

जेठ ३२, २०८१ १६:२१

डिशहाेमकाे ७२ घण्टे अफर, २४ महिने रिचार्जमा अर्को ६ महिना निःशुल्क इन्टरनेट

काठमाडौं । जारी आईसीसी मेन्स टी-२० वर्ड कपमा नेपाल सहभागी भएको उपलक्ष्यमा डिशहोमले ७२ घण्टे अफर ल्याएको छ । ३२ जेठदेखि ३ असारसम्म चल्ने यो अफरमा डिशहोम फाइबरनेट रिजार्च गर्दा अतिरिक्त छ महिनासम्म नि:शुल्क इन्टरनेट चलाउन पाइने अवसर दिइएकाे छ । 

यसअन्तर्गत सो समयावधिभित्र डिशहोमको कुनै पनि इन्टरनेट प्याकेजमा २४ महिनाको रिचार्ज गर्दा ग्राहकले ६ महिना अतिरिक्त नि:शुल्क इन्टरनेट चलाउन पाउनेछन् । त्यस्तै १२ महिनाको रिचार्ज गर्दा थप तीन महिना नि:शुल्क इन्टरनेट चलाउन पाउनेछन् ।

त्यस्तै शनिवार बिहान १२:४५ देखि सुरु हुने युरो कप २०२४ का सबै खेलहरू डिशहोमको एचडी क्वालीटीमा हेर्न सकिने बताइएको छ । २४ जुलाईसम्म चल्ने युरो कपको प्रत्यक्ष प्रसारण सोनी नेटवर्कमार्फत हेर्न सकिने डिशहोमले जनाएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ३२, २०८१ १६:२१