close

६ वर्षपछि सरकारको स्वामित्वमा जाने हुँदा आजियाटाले एनसेल बेच्योः गोकुल बास्कोटा

टेकपाना टेकपाना

मंसिर २१, २०८० १४:४१

६ वर्षपछि सरकारको स्वामित्वमा जाने हुँदा आजियाटाले एनसेल बेच्योः गोकुल बास्कोटा

 

काठमाडौं । नेकपा एमालेका नेता एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले अबको ६ वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउने भएकाले आजियाटा लिमिटेडले एनसेल बेचेको अभिव्यक्ति दिएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै बास्कोटाले सरकारको स्वामित्वमा जाने कुराबाट बच्न स्वामित्व बिक्री भएकाे बताएका हुन् ।

ऐनअनुसार २५ वर्षपछि एनसेल स्वतः सरकारको नेपाल सरकारको स्वामित्वमा आउने भएकाले दाँयाबाँया गर्न खोजेको उनले उल्लेख गरे । विगतमा टेलियासोनेराले समेत आजियाटालाई एनसेलको शेयर बेच्दा पूँजीगत लाभकर नतिरेको स्मरण गराउँदै सांसद बास्कोटाले नाफा कमाएर आजियाटा नेपालबाट निस्केको जिकिर गरे । 

“अस्वाभाविक खरिद बिक्रीको कुराले लाभकर नतिरी छाड्ने कुराको सङ्केत गरेको छ । विगतमा टेलियासोनेरालाई लाभकर नतिराई तत्कालीन समयमा आजियाटालाई तिराइएको थियो । लाभकर बेच्नेले तिर्छ,” उनले भने ।

त्यस्तै आजियटाले नेपालमा कति लगानी गर्‍यो, कति कमायो, कति खर्च भयो, आजको अवस्था के छ लगायतका कुरा खुलाउन उनले माग गरे । त्यसपछि अन्तराष्ट्रिय बोलपत्र गरेर ठूलै रकममा बेच्न सकिने उनले बताए ।

पछिल्लो अध्यावधिक: मंसिर २१, २०८० १४:४१