close

अब शनिवार र सार्वजनिक बिदामा पनि टेलिकमका कार्यालय खुल्ला रहने

टेकपाना टेकपाना

मंसिर २९, २०८० ११:४९

अब शनिवार र सार्वजनिक बिदामा पनि टेलिकमका कार्यालय खुल्ला रहने

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकको सहजताका लागि शनिवार र सार्वजनिक बिदाका दिनमा समेत सेवा उपलब्ध गराउने भएको छ । टेलिकमले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै आउँदो पुस १ गतेदेखि यो व्यवस्था लागू हुने जानकारी दिएको हो ।

यो व्यवस्था सुन्धारा स्थित टेलिकमको कार्यालयमा मात्रै लागू हुने उल्लेख गरिएको छ । शनिवार र सार्वजनिक बिदाका दिन बिहान १० बजे देखी साँझ ५ बजेसम्म सुन्धारा काउन्टर खुला रहने जनाइएको छ । 

यसका साथै टेलिकमले आफ्नो केही कार्यलयहरू खुल्ने समय समेत हेरफेर गरेको छ । टेलिकमका अनुसार सुन्धारा, पाटन र चाबहिलस्थित टेलिकमका कार्यालय अब आइतवारदेखि शुक्रवारसम्म बिहान ७ बजे देखी बेलुका ७ बजेसम्म खुल्ला रहनेछन् ।

तोकिएको समयमा ग्राहकले पीएसटीएन, एडीएसएल, एफटीटीएच, फोरजी राउटर, जीएसएमको महसुल भुक्तानी, सिम वितरण तथा परिवर्तन लगायतका सेवा उपलब्ध हुने टेलिकमले जनाएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २९, २०८० ११:४९