close

मोबाइलमा स्पाम लिङ्क पठाई विभिन्न व्यक्तिको बैंक खातामा रहेको रकम चोरी गर्ने एक जना पक्राउ

टेकपाना टेकपाना

पुस २०, २०८० १८:४८

मोबाइलमा स्पाम लिङ्क पठाई विभिन्न व्यक्तिको बैंक खातामा रहेको रकम चोरी गर्ने एक जना पक्राउ

काठमाडौं । अनलाइनबाट ठगी गर्ने कार्यमा संलग्न एक जना पक्राउ परेका छन् । धनुषा जिल्ला घर भई हाल जडिबुटी बस्दै आएका २१ वर्षीय भाग्य नारायण यादवलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार अनुसार यादवले विभिन्न व्यक्तिको मोबाइल नम्बरमा एसएमएसमार्फत (unknown source) भएको यूआरएल लिङ्क पठाउने गर्थे । त्यसपछि सोही लिङ्कको माध्यमबाट पीडितको बैंङ्क खातामा अनधिकृत पहुँच स्थापित गर्थे । त्यसपछि पीडितको खातामा भएको मौज्दात रकम अन्य बैंक खाता तथा वालेटमा ट्रान्सफर गर्थे ।

हाल यादवलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: पुस २०, २०८० १८:४८