close

आईएमई ग्रुपका एमडीको फोटो दुरुपयोग गरी पैसा माग्दै स्क्यामर

टेकपाना टेकपाना

माघ ५, २०८० ९:२९

आईएमई ग्रुपका एमडीको फोटो दुरुपयोग गरी पैसा माग्दै स्क्यामर

काठमाडौं । आईएमई ग्रुपका प्रबन्ध निर्देशक (एमडी) हेमराज ढकालको नाम र तस्वीर दुरुपयोग गरी स्क्यामरले पैसा माग्ने गरेको पाइएको छ । बिहीवार एक सूचना जारी गर्दै कम्पनीले एमडी ढकालको नाम र फोटो दुरुपयोग भएको भन्दै सचेत रहन अनुरोध गरेको छ ।

“आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालको नाम र तस्वीर दुरुपयोग गरी मोबाइल नम्बर ९८२७२१४५९४ प्रयोग गरी ह्याट्सएप अकाउन्ट बनाई विभिन्न व्यक्तिहरूसँग संवाद गर्ने तथा पैसा समेत माग्ने गरेको पाइएकाले सजग रहनुहुन सबै सरोकारवाला, साझेदार मित्र र सर्वसाधारणमा अनुरोध गर्दछौं,” सूचनामा लेखिएको छ, “उक्त मोबाइल नम्बर तथा ह्वाट्सएप अकाउन्टबाट अथवा अन्य कुनैपनि शंकास्पद नम्बरबाट कुनै पनि अनुरोध आएमा तुरुन्त नेपाल प्रहरी साइबर ब्यूरोमा खबर गर्नुहुन समेत अनुरोध गर्दछौं ।”

पछिल्लो समय चर्चित व्यक्तिहरूको नाम र नम्बर दुरुपयोग गरेर ठगी गर्ने घटना बढेका छन् । हालै मात्र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल क्लियरिङ हाउस लिमिटेडका सीईओ निलेशमान सिंह प्रधान लगायतको फोटो दुरुपयोग गर्दै स्क्यामरले पैसा मागेको घटना बाहिर आएका छन् ।

 

पछिल्लो अध्यावधिक: माघ ५, २०८० १३:२७