काठमाडौं । एनसेलका ग्राहकले अब प्रत्येक रु. ५० वा सोभन्दा माथिको रिचार्जमा १००० एमबीसम्मको बोनस डेटा पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले मंगलबारदेखि लागू हुनेगरी ल्याएको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ योजना अन्तर्गत डेटा बोनसको भोल्युम दोब्बर बनाएको हो ।
''यो अफरमा ग्राहकले प्रत्येक रिचार्जमा १००० एमबीसम्मको डेटा निःशुल्क प्राप्त गर्दछन् । यसरी पाइने बोनस डेटा अल टाइम वा राति ११ बजेदेखि अर्को दिनको साँझ ६ बजेसम्म प्रयोग गर्न मिल्ने टाइम बेस डेटा भोल्युम हुन्छ,'' कम्पनीको विज्ञप्तिमा भनिएको छ ।
बोनस डेटा रिचार्ज गरिएको समयदेखि २४ घण्टासम्म मान्य रहनेछ । एनसेल सापटीमार्फत प्राप्त ब्यालेन्स र ब्यालेन्स ट्रान्सफरको ब्यालेन्स बाहेक सबै तरिकाबाट गरिएको रिचार्जमा यो बोनस डेटा लागू हुने कम्पनीले जनाएको छ ।
यसअघि प्रत्येक रिचार्जमा ५०० एमबीसम्म डेटा पाइने गरी यो बोनस डेटा योजना मंसिर २५ बाट सञ्चालनमा ल्याइएको थियो । अब यसै योजना अन्तर्गत दोब्बर बोनस डेटा प्रदान गर्ने कम्पनीको भनाइ छ ।