close

नेपाल पे क्यूआरबाट बिगमार्टमा भुक्तानी गर्दा १० प्रतिशत छुट

टेकपाना टेकपाना

माघ १, २०८० ११:१७

नेपाल पे क्यूआरबाट बिगमार्टमा भुक्तानी गर्दा १० प्रतिशत छुट

काठमाण्डौं । नेपाल पे क्यूआर स्क्यान गरी बिग मार्टमा भुक्तानी गर्ने ग्राहकले प्रतिशत छुट पाउने भएका छन् । कम्पनीले बिग मार्टसँगको सहकार्यमा अधिकतम १०० रुपैयाँको छुट सुविधा ल्याएको हो ।

उक्त अफर नेपालभर रहेका सम्पूर्ण बिग मार्ट स्टोरहरूमा माघ १ गतेबाट सीमित अवधिका लागि उपलब्ध हुनेछ । जाडो मौसमलाई लक्षित बिग मार्टको योजनामा नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा छुटसँगै थुप्रै आकर्षक पुरस्कार समेत प्राप्त गर्न सकिने बताइएको छ ।

जाडो मौसमलाई मध्यनजर गर्दै बिग मार्टले ल्याएको ‘विन्टर अफर’ हाल बिग मार्टका ८१ भन्दा बढी स्टोरहरूमा उपलब्ध रहेको छ । बिग मार्टका स्टोरमा रहेका अधिकांश सामान खरिद गर्दा स्टोरमा रहेको डाइनामाइक क्यूआर स्क्यान गरी भुक्तानी गर्दा उक्त अफरको लाभ उठाउन सकिनेछ ।

ग्राहकले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, विकास बैंक अथवा फाइनान्स कम्पनीको मोबाइल बैंकिङ तथा वालेट वा कनेक्ट आईपीएस प्रयोग गरी नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् ।

नेपाल पे क्यूआर नेसनल पेमेन्ट स्वीच अन्तर्गत क्यूआर भुक्तानीलाई एप, मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तर आबद्धता कायम गर्न सक्ने नेपाल(क्यूआर स्ट्याण्डर्डको पूर्वाधार हो । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकले नेपाल पे क्यूआरमा चार लाख ६५ हजार र स्मार्ट क्यूआरका दुई लाख ५० हजार गरी कूल सात लाख १५ हजारभन्दा बढी मर्चेन्ट आबद्ध गरेका छन् ।

 

पछिल्लो अध्यावधिक: माघ १, २०८० ११:१८