close

जाडो मौसममा ३० प्रतिशतसम्म घट्न सक्छ विद्युतीय गाडीको रेन्ज  !

टेकपाना टेकपाना

माघ १, २०८० १७:१४

जाडो मौसममा ३० प्रतिशतसम्म घट्न सक्छ विद्युतीय गाडीको रेन्ज  !

काठमाडौं । विद्युतीय गाडीले कठ्याङ्ग्रीदो तापक्रममा त्यति राम्रो प्रदर्शन गर्न सक्दैनन् । किनकि न्यूनतम तापक्रमले ब्याट्रीको रसायनशास्त्रमा असर पार्छ, जब कि उपयुक्त अवस्थामा ऊर्जा स्वतन्त्रतापूर्वक बहने गर्छ ।

तर सबैजसो विद्युतीय गाडीहरू समान ढङ्गले बनाइएका हुँदैनन् । ३२ डिग्री फरेनहाइट भन्दा मुनीको तापक्रममा ब्याट्रीबाट चल्ने केही कारले वास्तविकभन्दा ८० प्रतिशत मात्र रेन्ज दिने गर्छन्, जब कि अन्यले विज्ञापनमा उल्लेख गरेको ईपीए रेन्जको आधा यात्रा पुरा गरेपछि ब्याट्री एकाएक घट्छ ।

डायग्नस्टिक डङ्गोलको सहयोगमा रिकरेन्ट अटोले अमेरिकामा १० हजार ईभीको विश्लेषण गरेको छ । त्यसबाट निकै चिसो मौसममा विद्युतीय गाडीहरूबाट हामीले के-कति अपेक्षा गर्न सक्छौं भन्ने कुराको केही अन्दाज निकाल्न सहज हुन सक्छ ।

रिकरेन्टको मुख्य तालिका (जुन तल दिइएको छ), ले उपयुक्त तापक्रमको तुलनामा बरफ जम्ने चिसो तापक्रममा लोकप्रिय १० ओटा ब्याट्रीबाट सञ्चालित कारले कतिसम्म रेन्ज गुमाउँछन् भन्ने कुरा देखाउँछ । यद्यपि पहेंलो रङ्गमा देखाइएको उच्चतम रेन्ज आधिकारिक ईपीए रेटिङ भने होइन ।

बरु त्यो रिकरेन्ट कम्युनिटीमा आबद्ध ड्राइभरले सामान्य तापक्रम रहेको अवस्थामा सङ्कलन गरेको प्रत्येक निश्चित मोडेलको उच्चतम औसत ड्राइभिङ रेन्ज हो । यो तुलनात्मक अध्ययनमा फक्सवागेन आईडी.४ को रेन्ज जाडो याममा ४६ प्रतिशतले घटेको देखिन्छ, जुन फुल चार्जमा दाबी गरिने रेञ्जभन्दा २०९ किमीले कम हो ।

तर अउडी ई-ट्रोनले भने ३२ डिग्री फरेनाइट तापक्रममा १६ प्रतिशत रेन्ज मात्रै गुमाएको उल्लेख छ । टेस्ला मोडेल वाई, मोडेल थ्री र मोडेल एक्सले २४ प्रतिशत रेन्ज गुमाएकोमा मोडेल एसको रेन्ज चिसो मौसममा २८ प्रतिशतले गिरावट आएको छ ।

तर यो अमेरिकाको मौसम र सडकमा आधारित तथ्याङ्क भएकाले नेपालको सन्दर्भमा समेत दुरुस्त त्यस्तै परिणाम हात लाग्छ भन्ने चाहिं छैन । रिकरेन्टले समावेश गरेका मोडेलहरूमा हुन्डाई कोना इलेक्ट्रिकको २०२२-२०२१ पनि एक हो ।

चिसो मौसममा हिट पम्प बिना यो गाडीको रेन्ज ईपीए रेन्जको तुलनामा घटेर ८४ प्रतिशतसम्म झरेको उल्लेख छ। 

 

पछिल्लो अध्यावधिक: माघ १, २०८० १७:१४