काठमाडौं । साओमीले नेपाली बजारमा रेड्मी १३सी (Redmi 13C) सार्वजनिक गरेको छ । बुधवारदेखि उपलब्ध यो फोनमा ९० हर्ज रिफ्रेशरेट सहित ६.७४ इन्च आईपीएस एलसीडी डिस्प्ले रहेको छ ।
मिडियाटेक हेलियो जी८५ चिपसेटद्वारा सञ्चालित यो फोन एन्ड्राेइड १३ तथा मीयूआई १४ मा आधारित छ ।
यसमा ५० मेगापिक्सलको मुख्य सेन्सर, २ मेगापिक्सेलको म्याक्रो र ०.०८ मेगापिक्सेलको एक्जिलरी लेन्स समावेश छ । यी क्यामेरालाई कम्पनीले एआई क्यामेराका रूपमा परिभाषित गरिको छ । सेल्फी पारखीका लागि ८ मेगापिक्सेलको क्यामेरा छ ।
यसमा फिङ्गरप्रिन्ट, एक्सेलेरोमिटर, कम्पास, भर्चुअल प्रोक्सिमिटीजस्ता सेन्सर छन् ।
५००० एमएएच क्षमताको ब्याट्री रहेको रेड्मी १३सी मा कम्पनीले १८ वाटको चार्जर उपलब्ध गराउने छ ।
नेपालमा यो फोन विभिन्न तीन कलर भेरियन्ट मिडनाइट ब्ल्याक, नेभी ब्लु र क्लोभर ग्रिनमा खरिद गर्न सकिनेछ ।
यो फोन ६ जीबी र्याम र १२८ जीबी स्टोरेज तथा ८ जीबी र्याम तथा २५६ जीबी इन्टर्नल स्टोरेजमा उपलब्ध छ । ६ जीबी र्याम भेरियन्टलाई १५ हजार ९९९ रुपैयाँ र ८ जीबी र्याम भेरियन्टलाई १८ हजार ९९९ रुपैयाँ तिरेर खरिद गर्न सकिनेछ ।
साओमीले ‘सी’ सिरिजका लागि यो मूल्यमा ८ जीबी र्याम र २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्ट पहिलो पटक नेपालमा सार्वजनिक गरेको हो ।