close

ग्रीन हाइड्रोजन नीति पास, के अब नेपालमा चल्ला त हाइड्रोजन गाडी ?

टेकपाना टेकपाना

माघ ४, २०८० १६:२२

ग्रीन हाइड्रोजन नीति पास, के अब नेपालमा चल्ला त हाइड्रोजन गाडी ?

काठमाडौं । सरकारले हरित (ग्रीन) हाइड्रोजन नीति स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त नीति स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारकी प्रवक्ता समेत रहेकी मन्त्री रेखा शर्माले हाइड्रोजन नीति पारित भएको र अब नेपालमा ग्रीन हाइड्रोजनको उत्पादन र प्रयोगको बाटो खुला भएको जानकारी दिइन् ।

हाइड्रोजनबाट विश्वमा खाना पकाउने इन्धनदेखि गाडीसम्म सञ्चालन भइरहे पनि नेपालमा नीतिगत व्यवस्था नहुँदा यो क्षेत्र ओझेलमा पर्दै आएको थियो । हाइड्रोजनलाई इन्धनको रूपमा वर्गीकरण गरी उपयोग गर्न सके नेपालले प्रचुर लाभ लिन सक्ने विज्ञहरूले बताउँदै आएका छन् ।

कोरिया, जापान, अमेरिकाजस्ता देशमा हाइड्रोजनबाट यातायातका साधन व्यावसायिक रूपमा सञ्चालनमा आएका छन् । नेपालमा पनि नमूना परियोजनाका रूपमा काठमाडौं विश्वविद्यालयले हाइड्रोजन फ्युल सेल कार भित्र्याएको छ । साथै स्थानीय रूपमा हाइड्रोजनबाट चल्ने गाडी र रिफिल सेन्टरको डिजाइनको कार्य समेत निरन्तर जारी रहने विश्वविद्यालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत एक कार्यक्रममा आफू हाइड्रोजन कार चढ्न इच्छुक रहेको बताएका थिए ।

यो पनि पढ्नुहोस्ः के हाइड्रोजन इन्धनको भविष्य सुरु भएकै हो ?

पछिल्लो अध्यावधिक: माघ ४, २०८० १६:४३