close

अब वनड्राइभमा पनि कोपाइलट उपलब्ध हुने

टेकपाना टेकपाना

फागुन २०, २०८० ११:४३

अब वनड्राइभमा पनि कोपाइलट उपलब्ध हुने

काठमाडौं । माइक्रोसफ्टले आफ्नो एआई टुल कोपाइलटलाई क्लाउड स्टोरेज वनड्राइभमा समेत उपलब्ध गराउने भएको छ । एक ब्लग पोस्ट लेख्दै माइक्रोसफ्टले आउँदो अप्रिलबाट वनड्राइभका लागि कोपाइलट ल्याउने जानकारी दिएको हो ।

वनड्राइभमा कोपाइलटले त्यहाँ भएका डकुमेन्टका लागि रिसर्च एसिस्टेन्टका रुपमा काम गर्ने माइक्रोसफ्टले बताएको छ । यसअन्तर्गत कोपाइलटले डकुमेन्ट खोज्न सहयोग गर्ने, डकुमेन्ट सारांश गर्ने, डकुमेन्टबाट बुँदाहरू बनाउने, डकुमेन्टमा भएका कुनै पनि कुरा सोध्न सकिने माइक्रोसफ्टको भनाइ छ ।

यसले प्रयोगकर्तालाई फाइल खोज्न छिटो र सजिलो बनाउने तथा डकुमेन्टहरू व्यवस्थित गर्न समेत सहयोग गर्ने बताइएको छ ।

कोपाइलटले यी सबै काम नेचुरल ल्याङ्ग्वेजमा (मानिसले बोल्ने भाषा, विशेषगरी अङ्ग्रेजी) मा गर्ने छ । त्यसो हुँदा प्रयोगकर्ताले सामान्य एआई टुल चलाएजसरी वान ड्राइभमा प्रयोग गर्न सक्ने छन् । वनड्राइभको वेब, माइक्रोसफ्ट टिम्समा कोपाइलट हुने उपलब्ध हुने छ । 

पछिल्लो अध्यावधिक: फागुन २०, २०८० ११:४५