close

राजर्षिजनक विश्वविद्यालयमा खुल्यो विज्ञान प्रविधि तथा इन्जिनियरिङ डीन पदको आवेदन

टेकपाना टेकपाना

फागुन २१, २०८० ११:३१

राजर्षिजनक विश्वविद्यालयमा खुल्यो विज्ञान प्रविधि तथा इन्जिनियरिङ डीन पदको आवेदन

काठमाडौं । जनकपुरमा अवस्थित राजर्षि जनक विश्वविद्यालयले विज्ञान प्रविधि तथा इन्जिनियरिङ सङ्काय डीन सहित विभिन्न रिक्त रहेका पदमा दरखास्त आह्वान गरेको छ । एक सूचना जारी गर्दै विश्वविद्यालयले डीन तथा निर्देशक पदहरूमा दरखास्त आह्वान गरेको हो ।

मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको तथा प्राध्यापक वा सहप्राध्यापक पदमा रही काम गरेको व्यक्तिले डीन पदमा आवेदन दिन सक्ने छन् । त्यस्तै डीन पदका आवेदकले तीन हजार शब्द रहेको सम्बन्धित सङ्काय सम्बन्धी सोचपत्र र चार वर्षे व्यावसायिक कार्य योजना समेत बुझाउन पर्नेछ । 

प्राप्त सोचपत्र, व्यावसायिक कार्ययोजनाका आधारमा आवेदकहरूको शर्टलिस्ट निकालिने र उनीहरूको प्रस्तुति तथा अन्तर्वार्ताका आधारमा छनोट गरिने विश्वविद्यालयको डीन तथा निर्देशक नियुक्तिको लागि गठित सिफारिस समितिको कार्यविधि, २०८० मा उल्लेख छ । 

सन् २०१७ मा स्थापना भएको विश्वविद्यालयले ब्याचलर अफ साइन्स कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी (बीएससी सीएसआईटी), ब्याचलर इन कम्प्युटर एप्लिकेसन (बीसीए) सहित विभिन्न आठ ओटा कोर्स सञ्चालन गरिरहेको छ । विश्वविद्यालयले प्रकाशन गरेको विज्ञापन बारे थप जान्न यहाँ क्लिक गर्नुहोस् ।

 

पछिल्लो अध्यावधिक: फागुन २१, २०८० ११:३१