close

गुगल प्ले स्टोरबाट अब एकै पटक धेरै एप डाउनलोड गर्न सकिने

टेकपाना टेकपाना

फागुन २५, २०८० १३:३३

गुगल प्ले स्टोरबाट अब एकै पटक धेरै एप डाउनलोड गर्न सकिने

काठमाडौं । गुगल प्ले स्टोरबाट एकै पटक धेरै एप डाउनलोड गर्न सकिने भएको छ । एसपी एन्ड्रोइडका अनुसार गुगलले प्ले स्टोरको भर्सन ४०.०.१३ मा ‘प्यारालल डाउनलोड’ फिचर ल्याउन लागेको हो । 

अहिले प्ले स्टोरमा एकै पटक धेरै एप डाउनलोड गर्न सकिंदैन । दुई वा सोभन्दा बढी एप डाउनलोड गर्न एउटाको डाउनलोड प्रक्रिया पूरा हुनुपर्ने हुन्छ । इन्टरनेट फास्ट नै भएपनि डाउनलोड भई इन्स्टल हुने प्रक्रिया केही लामो हुने भएकाले प्रयोगकर्ताले एउटा एप इन्स्टल भइसक्ने बेलासम्म धैर्य गर्नुपर्ने बाध्यता छ ।

एन्ड्रोइड अथोरिटीले यो फिचरले कसरी काम गर्छ भन्ने विषयको प्रमाणसहित लेख प्रकाशित गरेको छ । तर, यो फिचरमा पनि केही सीमितता छन् । एप अपडेट गर्दा यो फिचरले काम गर्ने छैन । अर्थात् एपहरू छुट्टाछुट्टै अपडेट गर्नुपर्ने हुन्छ ।

सुरुवाती चरणमा प्रयोगकर्ताले एक पटकमा दुई ओटा मात्रै एप डाउनलोड गर्नसक्ने बताइएको छ । यद्यपि केही प्रयोगकर्ताले एकै पटक तीन ओटा एप सँगसँगै इन्स्टल गरेको समेत दाबी गरेका छन् ।

परीक्षणकै चरणमा भएकाले यसमा सीमितता भएको कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीले प्ले स्टोरमा ‘फिचर स्टोरेज’ सेक्सन पनि ल्याउने भएको छ । उक्त फिचर स्टोरीमा एपको विस्तृत जानकारी हुने बताइएको छ । त्यहीं प्रयोगकर्ताले रिकमेन्डेड एपहरू देख्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: फागुन २५, २०८० १३:५१