close

सिस्टम अपग्रेड गर्न राहदानी विभागको सेवा दुई दिन बन्द, वितरण कार्य भने नरोकिने

टेकपाना टेकपाना

असार २४, २०८३ २३:८

सिस्टम अपग्रेड गर्न राहदानी विभागको सेवा दुई दिन बन्द, वितरण कार्य भने नरोकिने

काठमाडौं । राहदानी विभागले प्रणाली स्तरोन्नतिका लागि दुई दिन सेवा बन्द गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै विभागले सोमबार यही २५ र २६ असारमा राहदानी सम्बन्धी सेवाहरू बन्द रहने जानकारी दिएको हो ।

हालको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थाान्तरण गर्न लागिएकाले सेवा बन्द गर्नुपरेको विभागले जनाएको छ । विभागका अनुसार आगामी २९ असारदेखि नयाँ प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ । जसका लागि तयारी स्वरूप २५ र २६ गते दुई दिन विभागका अन्य सेवाहरू स्थगित गरिनेछन् ।

राहदानीका अन्य सेवाहरू बन्द भए तापनि तयार भइसकेका राहदानी वितरण गर्ने कार्य भने नरोकिने विभागले स्पष्ट पारेको छ । आफ्नो मोबाइलमा राहदानी सङ्कलनका लागि एसएमएस प्राप्त गरिसकेका सेवाग्राहीले सो अवधिमा विभागमा सम्पर्क गरी राहदानी लिन सक्ने सूचनामा उल्लेख छ ।

 

पछिल्लो अध्यावधिक: असार २४, २०८३ २३:८