close

११ सिटे विद्युतीय भ्यान सोकोन ईसी ३६ सार्वजनिक हुँदै, अप्रिलदेखि बिक्री सुरु

टेकपाना टेकपाना

चैत ५, २०८० ११:५४

११ सिटे विद्युतीय भ्यान सोकोन ईसी ३६ सार्वजनिक हुँदै, अप्रिलदेखि बिक्री सुरु

काठमाडौं । एमएडब्लू वृद्धिले नयाँ ११ सिटे विद्युतीय माइक्रो भ्यान नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । यामाहा, जेसीबी, स्कोडा, जिप, आयसर, च्याङ्गन, फियट, सेरेस, फोटोन जस्ता अन्तर्राष्ट्रिय ब्रान्डको वितरकको रूपमा रहेको एमएडब्लूले सेरेस ग्रुपले निर्माण गरेको विद्युतीय भ्यान सोकोन ईसी ३६  भित्र्याएको हो ।

कम्पनीका अनुसार चाँडै नै यो भ्यान नेपाली बजारमा सार्वजनिक हुने र आउँदो अप्रिलदेखि बिक्री सुरु गरिनेछ । सेरेस विश्वभर चोङ्गक्विङ्ग सोकोन इन्डस्ट्रियल ग्रुप को नामबाट परिचित छ । जुन डोङ्गफेङ्ग र सेरेसको साझेदारीबाट सन् १९८६ मा स्थापना भएको कम्पनी हो ।

चीनका शीर्ष ५०० ओटा उद्यमीको सूचीमा पर्ने सेरेस ग्रुप त्यहाँको शेयर बजारमा समेत सूचीकृत छ । यो चीनबाट माइक्रो-सवारी साधन निर्यातको क्षेत्रमा नेतृत्वदायी कम्पनी मानिन्छ । कमर्सियल भेहिकलको लागि युरोपियन बजारमा सर्टिफिकेसन पाउने यो नै चीनको पहिलो ब्रान्ड समेत हो ।  

सेरेस ऊर्जा किफायती, वातावरणमैत्री, र राम्रो पर्फर्मेन्स भएका हलुका व्यवासायिक सवारी साधन खासगरी स्मार्ट विद्युतीय सवारी साधन, सुपर सहरी एसयूभी र कम्प्याक्ट एमपीभीका लागि विशिष्ट मानिन्छ । ७० भन्दा बढी देशमा बिक्री हुँदै आएका सेरेसका विद्युतीय गाडी नेपाली बजारमा समेत देखिन थालिसकेका छन् ।

पछिल्लो अध्यावधिक: चैत ५, २०८० ११:५६