close

दैनिक सय पटक फोल्ड गरेपनि १० वर्षसम्म केही नहुने अनरको फोन नेपाली बजारमा

टेकपाना टेकपाना

बैशाख ८, २०८१ १२:४७

दैनिक सय पटक फोल्ड गरेपनि १० वर्षसम्म केही नहुने अनरको फोन नेपाली बजारमा

काठमाडौं । नेपाली बजारमा अनरको अहिलेसम्मकै पातलो र हलुका फोल्डेबल फोन भित्रिएको छ । नेपालका लागि अनरको आधिकारिक बिक्रेता सेलट्रोन नेपालले अनर म्याजिक भीटू भित्र्याएको हो ।

जम्मा २३१ ग्राम तौल भएको यो फोन फोल्ड गर्दा मोटाइ ९.९ मिलिमिटर मात्र हुन्छ । यसमा सुपर लाइट टाइटेनियम हिन्ज राखिएकाले तौल हलुको भएको बताइएको छ । त्यस्तै यो फोन १० वर्षसम्म दिनको १०० पटक फोल्ड गर्दा पनि केही नहुने कम्पनीको दाबी छ ।

कम्पनीले फोनमा २.७२ मिलिमिटरको औसत मोटाइ भएको पाँच हजार एमएएचको डुअल सिलिकन ब्याट्री राखेको छ । जसलाई ६६ वाटको सुपर चार्ज गर्न सकिने छ । फोनको स्क्रिन भने ओलेड एलटीपीओ डिस्प्ले रहेको छ । 

त्यस्तै क्यामेरा भने यसमा ट्रिपल सेटअपमा रहेको छ । जसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ५० मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा र २० मेगापिक्सेलको टेलिफोटो क्यामेरा रहेका छन् ।

एन्ड्रोइड १३ मा आधारित यो फोनमा म्याजिक ओएस ७.२ रहेको छ । यसमा क्वालकम स्नापड्रागन ८ जेन २ चीपसेट राखिएको छ । त्यस्तै यसमा १६ जीबी र्‍याम र ५१२ स्टोरेज क्षमता रहेको छ । जसको मूल्य नेपालका लागि २ लाख ४० हजार रुपैयाँ तोकिएको छ ।

यद्यपि फोन खरिदका लागि कम्पनीले विभिन्न अफर पनि ल्याएको छ । जसमध्ये अर्ली बर्ड ग्राहकले अफरमा अनर एक्स ८ बी र अनर चोइस इयरबड्स एक्स फाइभ नि:शुल्क पाउन सक्नेछन् । म्याजिक अफरमा अनर वाच फोर, अनर चोइस इयरबड्स एक्स फाइभ र योयोसो भौचर पाउन सक्नेछन् । उसैगरि गो बियोन्ड अन्तर्गत ४० हजार बराबरको छुट पाउन सक्छन् । 

बिक्रेता सेलट्रोनका अनुसार देशैभर उपलब्ध भइसकेको यो फोन इच्छुक ग्राहकले अनर स्टोर, दराज, हुकुट जस्ता अनलाइन प्लेटफर्म मार्फत पनि खरिद गर्न सक्नेछन्।

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८१ १२:४७