close

मोबाइल एपबाटै कन्ट्रोल गर्न सकिने माइडिया रेफ्रिजेरेटर नेपाली बजारमा

टेकपाना टेकपाना

बैशाख २६, २०८१ १२:४१

मोबाइल एपबाटै कन्ट्रोल गर्न सकिने माइडिया रेफ्रिजेरेटर नेपाली बजारमा

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले आधुनिक किचनको लागि डिजाइन गरिएको साइड बाई साइड र मल्टी डोर (४ ढोका) भएको माइडियाको रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको छ ।  नेपाली ग्राहकहरूको माग अनुसार नयाँ रेफ्रिजेरेटर बजारमा ल्याइएको कम्पनीले बताएको छ ।

आकर्षक, कम्प्याक्ट र फ्लाट बाहिरी डिजाइनका यी रेफ्रिजेरेटरमा एमस्मार्टहोम एप मार्फत वाईफाई कनेक्टिभिटी मार्फत स्मार्ट कन्ट्रोलको सुविधा रहेको छ । यसबाट अफिस वा घुम्न गएको बेला अथवा घर बाहिर रहेको बेला पनि सजिलै आफ्नो रेफ्रिजेरेटर कन्ट्रोल गर्न सकिने कम्पनीले बताएको छ । 

इन्भर्टर क्वाट्रो मोटर कन्ट्रोल सिस्टम 

माइडिया वाईफाई रेफ्रिजेरेटरले ऊर्जाको सही उपयोग र बिजुलीको लागत घटाउँदै खानालाई लामो लामो समयसम्म ताजा राख्ने कम्पनीको दाबी छ । एक्सप्रेस कुलिङ सर्कलले पेय पदार्थ र परिकारहरूको तत्काल आनन्द लिनको लागि चाँडै चिस्याउने काम गर्छ भने एक्टिभ सी फ्रेश प्रणालीले गन्धलाई कम गराउँछ । 

ब्रश स्टिल डिजाइन गरिएका यी रेफ्रिजेरेटरमा भएको कन्भर्टिबल अप्सनले आवश्यकता अनुसार एउटा बटन दबाउँदै फ्रिजरलाई फ्रिजमा परिवर्तन गर्न सक्ने सुविधा दिन्छ । साइड वाई साइडको क्षमता ४८२ लिटर र मल्टी डोर ५१९ लिटर क्षमता रहेको बताइएको छ ।  नयाँ प्रविधि जडित रेफ्रिजेरेटरमा १० वर्षसम्मको वारेन्टी दिइएको छ । नेपालभर रहेका सीजीका २५० भन्दा बढी डिलर तथा शोरुमबाट सुपथ मूल्यमा उपभोक्ताले माइडियाका रेफ्रिजेरेटर खरिद गर्न सक्नेछन् । 

नयाँ वर्ष २०८१ को अवसरमा माइडिया ब्रान्डका रेफ्रिजेरेटर खरिद गर्दा हरेक हप्ता इलेक्ट्रिक प्रेसर कुकर र बम्पर उपहारमा साइड बाई साइड रेफ्रिजेरेटर जित्न सकिने कम्पनीले जनाएको छ। 

माइडिया ब्रान्डका वासिङ मसिन, वासरड्रायर, माइक्रोवेभ ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा उपलब्ध छन् । 

पछिल्लो अध्यावधिक: बैशाख २६, २०८१ १२:४२