close

आईफोनमा च्याटजीपीटी ल्याउन ओपनएआईसँग वार्ता गर्दै एप्पल

टेकपाना टेकपाना

बैशाख ३०, २०८१ ११:२

आईफोनमा च्याटजीपीटी ल्याउन ओपनएआईसँग वार्ता गर्दै एप्पल

काठमाडौं । एप्पलले आगामी आईओएस १८ मा एआई फिचर समावेश गर्न ओपनएआईसँग सहकार्य गर्ने भएको छ । हालै बाहिरिएकाे एक खबर अनुसार एप्पलले आईओएस डिभाइसमा ल्याङ्ग्वेज मोडेल (एलएलम) का लागि ओपनएआईसँग सहकार्य गर्न लागेको हो ।

कम्पनीहरूबीचको वार्ता अन्तिम चरणमा रहेकाले औपचारिक घोषणा भइसकेको छैन । प्रविधि विश्लेषक मार्क गर्मानले एप्पलले आगामी आईओएसमा च्याटबट जस्ता जेनेरेटिभ एआई सुविधाहरू समावेश गर्न ओपनएआईसँग सम्झौताको अन्तिम चरणमा रहेको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उनले यसबारे कम्पनीहरूबीच वार्ता जारी रहेको उल्लेख गरेका छन् ।

एप्पलले आधिकारिक रूपमा आउँदो जुन हुने वर्ल्डवाइड डेभलपर कन्फ्रेन्समामा आईओएस १८ घोषणा गर्नेछ । त्यसैले हामीले त्यसबेला नै यी सम्झौता कसरी भएका छन् भन्ने कुरा पक्कै थाहा पाउनेछौं ।


 

पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८१ ११:२