काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रमका लागि अनलाइनबाट सुझाव संकलन गर्न सुरु गरेको छ । एक सूचना जारी गर्दै महानगरले अनलाइनमार्फत सुझाव पठाउन अनुरोध गरेको हो ।
“काठमाडौंं महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटलाई नागरिक केन्द्रित तथा सहभागितामा आधारित बनाउने प्रयास थालेको छ,” सूचनामा लेखिएको छ, “स्थानीय सरकारले बनाउने नीति तथा कार्यक्रमले सबैलाई समेट्न (Every Voice Matters!) सकियोस् र पारदर्शी होस् भन्ने हेतुले यो विधि अपनाइएको हो ।”
महानगरले आगामी दिनमा के-कस्ता किसिमका नीति तय गर्नुपर्ला भन्ने प्रश्न राख्दै विभिन्न २५ क्षेत्रका लागि सुझाव पठाउन अनुरोध गरेको छ ।
इच्छुक व्यक्तिले ९ जेठ २०८१ भित्र सुझाव पठाइसक्नु पर्नेछ । यहाँ क्लिक गरेर, [email protected] मा मेल गरेर, हटलाइन ११८० मा कल गरेर वा महानगरपालिकामा स्वयं उपस्थित भएर सुझाव दिन सकिनेछ ।