close

३२० किमि रेञ्ज भएको ईभी सिट्रोन ईसीथ्री शाइन नेपाली बजारमा, मूल्य ३६ लाख रुपैयाँ मात्र !

टेकपाना टेकपाना

जेठ २०, २०८१ १४:१६

३२० किमि रेञ्ज भएको ईभी सिट्रोन ईसीथ्री शाइन नेपाली बजारमा, मूल्य ३६ लाख रुपैयाँ मात्र !

काठमाडौं । नेपाली बजारमा फ्रान्सेली ब्रान्ड सिट्रोनको नयाँ ईभी मोडेल सार्वजनिक भएको छ । आइतबार एक कार्यक्रम गर्दै नेपालका लागि कम्पनीको आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले सिट्रोन ई सीथ्री शाइन सार्वजनिक गरेको हो ।

यो गाडीमा अगाडि र पछाडि स्किड प्लेट, रियर क्यामेरा, रियर वाइपर, रियर डिफ्रोस्टर, लेदर र्‍याप्ड स्टेरिङ ह्विल, एलोय ह्विल, इलेक्ट्रिकल ओआरभीएम लगायतका फिचर रहेका छन् ।

३२० किमि रेञ्ज रहेको गाडीमा २९.२ किलोवाट आवरको लिथियम आयन ब्याट्री छ भने ४२.५ किलोवाटको इलेक्ट्रिक मोटर जडित छ । गाडीको अधिकतम गति प्रति घण्टा १०७ किलोमिटर हुने र ६.८ सेकेन्डमा शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको गति पकड्ने बताइएको छ । यसमा ३१५ लिटरको बुट स्पेस रहेको छ ।

गाडीमा सीसीएस २ स्ट्यान्डर्डको चार्जिङ पोर्ट रहेको छ । गाडीलाई १५ एम्पियरको चार्जरबाट १०-१०० प्रतिशत चार्ज गर्नन करिब साढे १० घण्टा लाग्ने बताइएको छ । यसका साथै डीसी फास्ट चार्जरमा १०-८० प्रतिशत चार्ज पुर्‍याउन जम्मा ५७ मिनेट लाग्ने कम्पनीको दाबी छ ।

नेपाली बजारमा पोलार ह्वाइट, प्लाटिनम ग्रे र स्टिल ग्रे गरी तीन रङमा यो गाडी उपलब्ध हुनेछ । गाडीमा ‍सङ्गीत पारखीका लागि चार ओटा स्पिकर राखिएका छन् । साथै यसमा २६ एमएमको टच स्क्रिन पनि हुने छ  ।

कम्पनीका अनुसार ग्राहकले ब्याट्रीमा सात वर्ष वा एक लाख ४० हजार किलोमिटर, इलेक्ट्रिक मोटरमा पाँच वर्ष वा एक लाख किलोमिटर र गाडीमा तीन वर्ष वा एक लाख २५ हजार किलोमिटर वारेन्टी पाउने बताइएको छ ।

नेपाली बजारमा यो गाडी ३५ लाख ९९ लाख रुपैयाँ पर्ने कम्पनीको भनाइ छ । गाडीबारे थप जान्न यहाँ क्लिक गर्न सक्नु हुन्छ । 

 

पछिल्लो अध्यावधिक: जेठ २०, २०८१ १६:२६