काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने तारा बराल पक्राउ परेकी छिन् । साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले पूर्व डीआईजी रणबहादुर चन्दको चरित्र हत्या गरेको आरोपमा आइतबार बराललाई काठमाडौं बबरमलबाट पक्राउ गरेको हो ।
ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार उनले सामाजिक सञ्जालका विभिन्न माध्यमबाट चरित्रहत्या गरेको भन्दै उजुरी परेपछि पक्राउ गरिएको हो । प्रहरी उपरीक्षक अवस्थीका अनुसार उनलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत पक्राउ गरी अनुसन्धान थालिएको छ ।
पूर्वडीआईजी रणबहादुर चन्दले केही महिना अघि बरालविरुद्ध चरित्रहत्या गरेको भन्दै जाहेरी दिएको बताइएको छ । बरालले सामाजिक सञ्जाल तथा युट्युब च्यानलहरूबाट चरित्रहत्या गरेेर आत्महत्याका लागि दुरुत्साहन गरेको आरोप समेत लगाइएको उल्लेख छ ।