close

ह्वावेले नेपाली बजारमा ल्यायो स्मार्टवाच वाच फिट ५ सँगै नयाँ एयरबड्स, कति छ मूल्य ?

टेकपाना टेकपाना

जेठ ३१, २०८३ ११:२८

ह्वावेले नेपाली बजारमा ल्यायो स्मार्टवाच वाच फिट ५ सँगै नयाँ एयरबड्स, कति छ मूल्य ?

काठमाडौं । ह्वावेको नयाँ वाच फिट ५ आधिकारिक रूपमा नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि ह्वावेको आधिकारिक वितरक कल मोबिलिटी प्रालिले मर्निङ फिटनेस क्लब पार्टी र ५ किमि दौड आयोजना गर्दै यो नयाँ डिभाइस बजारमा ल्याएको हो ।

वाच फिट ५ मा स्लिक र हल्का डिजाइनका साथै एड्भान्स फिटनेस र हेल्थ ट्र्याकिङ फिचरहरू समावेश छन् । स्ट्र्याप बाहेक करिब २७ ग्राम तौल र ९.५ मिलिमिटर पातलो डिजाइन रहेको यो स्मार्टवाच दिनभर लगाउन निकै सहज छ ।

यसमा १.८२ इन्चको एमोलेड डिस्प्ले रहेको छ । जसको उच्चतम ब्राइटनेस २,५०० निट्ससम्म छ । यसले गर्दा प्रयोगकर्ताहरूले चहकिलो घाममा पनि सजिलै नोटिफिकेसन, वर्कआउट डेटा र स्वास्थ्यसम्बन्धी जानकारी हेर्न सक्छन् ।

ह्वावे वाच फिट ५ सिरिजमा मिनी-वर्कआउट असिस्टेन्टको सुविधा रहेको छ । जसले प्रयोगकर्तालाई केही मिनेटमै रिसेट गर्न मद्दत गर्छ । यसले घाँटी, काँध र ढाड जस्ता शरीरका १० विभिन्न भागहरूलाई लक्षित गर्दै ३० वटा द्रुत र निर्देशित व्यायामहरू प्रदान गर्छ ।

जसका लागि कुनै अन्य उपकरणको आवश्यकता पर्दैन । व्यस्त जीवनशैलीलाई मध्यनजर गर्दै यसमा टिकाउ ब्याट्री राखिएको छ । जसले सामान्य प्रयोगमा १० दिनसम्म, नियमित प्रयोगमा ७ दिनसम्म र अलवेज-अन डिस्प्ले (Always-On Display) अन गर्दा ४ दिनसम्म ब्याट्री ब्याकअप दिन्छ ।

कनेक्टिभिटी र सेन्सर

यसले वायरलेस चार्जिङ सपोर्ट गर्नुका साथै ब्लुटुथ र एनएफसी कनेक्टिभिटी मार्फत जडान गर्न सकिन्छ । यो डिभाइस एन्ड्रोइड ९.० र आईओएस १३.० वा सोभन्दा माथिका भर्सनहरूसँग सहजै कनेक्ट हुन्छ । स्मार्ट र सुविधाजनक अनुभवका लागि यसमा इन-बिल्ट स्पिकर र माइक्रोफोन पनि राखिएको छ ।

स्वस्थ जीवनशैलीलाई साथ दिन यो स्मार्टवाचमा एड्भान्स अप्टिकल हार्ट रेट सेन्सरको साथै एक्सेलेरोमिटर, जाइरोस्कोप, म्याग्नेटोमिटर, एम्बियन्ट लाइट सेन्सर, ब्यारोमिटर र तापक्रम सेन्सर जस्ता सम्पूर्ण स्वास्थ्य तथा एक्टिभिटी सेन्सरहरू रहेका छन् ।

यसै अवसरमा नयाँ पुस्ताको आराम, इन्टेलिजेन्स फिचर र उत्कृष्ट ध्वनि गुणस्तर प्रदान गर्ने ह्वावे फ्रिक्लिप २ (HUAWEI FreeClip2), ह्वावे फ्रिबड्स ७-आई (HUAWEI FreeBuds 7i) र ह्वावे फ्रिबड्स एसई-२ (HUAWEI FreeBuds SE2) पनि आधिकारिक रूपमा सार्वजनिक गरिएका छन् ।

मूल्य र उपलब्धता

बजार मूल्यको कुरा गर्दा ह्वावे वाच फिट ५ को मूल्य २७ हजार ९९० रुपैयाँ तोकिएको छ । त्यसैगरी, ह्वावे फ्रिक्लिप २ को मूल्य ३३ हजार ९९० रुपैयाँ, ह्वावे फ्रिक्लिप ७-आईको मूल्य १७,९९० रुपैयाँ र ह्वावे फ्रिबड्सको मूल्य ७,४९० रुपैयाँ निर्धारण गरिएको छ ।

यी उत्पादनहरू नेपालभरका सबै आधिकारिक ह्वावे रिसेलर र खुद्रा विक्रेताहरूबाट खरिद गर्न सकिने बताइएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ३१, २०८३ ११:२८