close

मोबाइलमा अन्य एप चलाउँदा समेत च्याटजीपीटीसँग अडिओ कुराकानी गर्ने तरिका

टेकपाना टेकपाना

जेठ ३०, २०८१ १५:३६

मोबाइलमा अन्य एप चलाउँदा समेत च्याटजीपीटीसँग अडिओ कुराकानी गर्ने तरिका

काठमाडौं । च्याट शैलीमा चलाउन सकिने च्याटजीपीटीमा विभिन्न आकर्षक फिचर छन् । हालै ओपनएआईले मोबाइल प्रयोगकर्तालाइ लक्षित गर्दै ‘ब्याकग्राउन्ड कन्भर्सेसन्स’ नामको फिचर ल्याएको छ । यस फिचरमार्फत तपाईंले अन्य एप चलाइरहेको अवस्थामा पनि च्याटजीपीटीसँग भ्वाइस कुराकानी गर्न सक्नुहुन्छ । 

यद्यपि यो फिचर सुरुमा डिसेबल गरिएको हुन्छ । यसअघिसम्म च्याटजीपीटीसँग कुराकानी गर्न एप नै चलाइरहनु पर्ने बाध्यता थियो । अब भने यो फिचर इनेबल गरेर अन्य एप चलाइरहेको समयमा पनि तपाईंले च्याटजीपीटीसँग कुराकानी गर्न सक्नुहुन्छ । 

यसका लागि तपाईंले निम्न प्रक्रिया अपनाएर यो फिचर इनेबल गर्न सक्नुहुन्छ: 

-सुरुमा एप खोल्नुहोस् । अब बायाँतिर स्वाइप गर्नुहोस् । अथवा माथिल्लो बायाँ भागमा भएको दुई धर्से मेनुमा बारमा ट्याप गर्नुहोस् ।

-अब सबैभन्दा तल आफ्नो नामको छेवैमा रहेको थ्री डट बटनमा ट्याप गर्नुहोस् ।

 

-त्यसो गर्नासाथ सेटिङको नयाँ स्क्रिन खुल्छ । अब तलतिर स्क्रोल गर्दै भ्वाइस सेक्सनमा जानुहोस् । त्यहाँ ‘ब्याकग्राउन्ड कन्भर्सेसन्स’ को विकल्प देखिन्छ । त्यसको टुगल बटनमा क्लिक गर्नुहोस् ।

यसरी तपाईंले अन्य एप चलाउँदा अथवा स्क्रिन अफ हुँदा पनि च्याटजीपीटीसँग कुराकानी गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: जेठ ३०, २०८१ १५:३६