close

टिभीको रिमोटले काम गरेन ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

असार १, २०८१ ११:५२

टिभीको रिमोटले काम गरेन ? यसो गर्नुहोस्

काठमाडौं । जब तपाईं टेलिभिजनमा फिल्म अथवा कुनै कार्यक्रम हेर्न खोज्नुहुन्छ, तब रिमोटले काम गर्दैन । त्यस अवस्थामा निकै छटपटी हुने गर्छ । अझ कार्यक्रम नै छुट्ने अवस्था भयो भने त समस्या नै अर्को हुन्छ । त्यस्तो अवस्थामा तपाईंले रिमोटलाई चल्ने बनाउन केही तरिका अपनाउनुहुन्छ । जुनबारे आज हामी चर्चा गर्ने छौं:

ब्याट्री चेक गर्ने

रिमोटले राम्ररी काम नगर्नुमा ब्याट्री एक कारण हुन्छ । प्राय: रिमोटको ब्याट्री लामो समय फेर्ने गरिँदैन । जब पूर्ण रुपमा काम गर्न छाड्छ, त्यसपछि मात्र प्राय:ले ब्याट्री फेर्ने गर्छन् । यदि तपाईंसँग स्मार्ट रिमोट छ भने ब्याट्रीको अवस्था सजिलै हेर्न सक्नुहुन्छ । तर तपाईंसँग परम्परागत रिमोट छ र काम गरिरहेको छैन भने त्यस्तो अवस्थामा ब्याट्री चेक गर्नुहोस् ।

सामान्यत: ब्याट्री तीनदेखि छ महिनासम्म चल्ने गर्छ । यदि रिमोटमा  ब्याट्री हालेको समय धेरै भइसकेको छ भने नयाँ फेर्नुहोस् । अनि ब्याट्री राख्ने रिमोटको भागलाई पनि सफा गर्नुहोस् ।

अवरोधहरू हेर्ने

रिमोटले निश्चित क्षेत्रफल भित्र मात्र काम गर्छ । यदि त्यसबीचमा पनि कुनै अवरोध जस्तै: र्‍याक, दराज छन् भने इन्फ्रारेड सिङ्नल रोकिदिन्छन् । जसले गर्दा रिमोटबाट निस्कने सिङ्गल टिभीको सेन्सरले टिप्न सक्दैन । तर सधैं फर्निचरका सामग्रीहरूले मात्र सिङ्नल रोक्छन् भन्ने छैन । कहिल्यैकाहीँ टिभीको इन्फ्रारेड रेट सिङ्नलमा फोहोर जम्दा अथवा कपडा लगायतका सामानले छेकिँदा समेत रिमोटले काम गर्दैन ।

रिमोटलाई पुन: पेयर गर्ने

यो फिचर भने परम्परागत रिमोटमा पाइँदैन । यदि तपाईंसँग स्मार्ट रिमोट भने मात्र यो फिचर प्रयोग गर्न सक्नुहुन्छ । टिभीसँग रिमोट पेयर गर्ने तरिका ब्रान्ड अनुसार भिन्न भिन्न हुन्छन् । जस्तै: सामसङको स्मार्ट रिमोटमा तपाईंले रिटर्न र प्ले/पज बटनलाई एकै साथ तीन सेकेन्डसम्म प्रेस गरिरहनु पर्छ । तपाईंले म्यानुअल हेरेर स्मार्ट रिमोटलाई टिभीसँग पेयर गर्ने तरिका सिक्न सक्नुहुन्छ ।

टिभी नजिक आउने

हामीले माथिल्लो भागमा भौतक अवरोधका कारण रिमोटले काम गर्न नसक्ने अवस्थाको चर्चा गर्यौं । तर कहिलेकाहीँ अलि टाढाबाट चलाउँदा पनि रिमोटले काम नगर्न सक्छ । किनकि टिभीको रिसिभर प्राय: स्क्रिनको तल्लो भागमा हुने गर्छ । यदि अन्य सेटअप बक्स छन् भने ती अझै अर्कै ठाउँमा राखिएको हुन सक्छन् । त्यस्तो अवस्थामा तपाईं बसेको स्थानबाट निस्कने रिमोटको सिङ्नल टिभीसम्म पुग्दैन । 

इन्फ्रारेड सिङ्नल चेक गर्ने 

मानव आँखाले इन्फ्रारेड देख्न सक्दैन । तर तपाईंसँग हुने स्मार्टफोनदेखि डिजिटल क्यामेराले देख्न सक्छ । रिमोटले काम गरे/नगरेको थाहा पाउने यो सामान्य र प्रभावकारी तरिका हो । तपाईंले क्यामेरातर्फ फर्काएर रिमोट चलाउनु पर्ने हुन्छ ।

त्यसक्रममा तपाईंले रिमोटबाट प्रकाश निस्किरहेको देख्नुभयाे भने राम्ररी काम गरिरहेको बुझ्न सक्नुहुन्छ । यदि देख्नु भएन भने तत्काल ब्याट्री फेर्न सक्नुहुन्छ । तर कहिलेकाहीँ रिमोटमा हुने इन्फ्रारेड इमिटर बिग्रिएको पनि हुन सक्छ । 

टिभी रिसेट गर्ने 

यदि कुनै पनि तरिकाले काम गरिरहेको छैन भने तपाईंले टिभीलाई रिसेट गर्न सक्नुहुन्छ । त्यसो गर्दा सफ्टवेयरमा देखिएका ससाना समस्या समाधान हुन्छन्  । यसका लागि तपाईंले टिभीको पावर अफ गर्ने र पुन: अन गर्न सक्नुहुन्छ ।  तर यो तरिका पनि ब्रान्ड अनुसार फरक-फरक हुन सक्छ ।

यदि तपाईंसँग स्मार्ट टिभी छ भने रिसेट गर्नुअघि वाई-फाई लगइन डिटेल्स तथा पर्सनलाइज्ड सेटिङ भने सम्झनु पर्ने हुन्छ । किनकि कतिपय टिभी रिसेट गर्दा ती सबै पनि डिलिट हुन्छन् ।

पछिल्लो अध्यावधिक: असार १, २०८१ ११:५२