close

खल्ती वालेटबाट पनि एसईई नतिजा हेर्न सकिने

टेकपाना टेकपाना

असार १२, २०८१ ११:४१

खल्ती वालेटबाट पनि एसईई नतिजा हेर्न सकिने

 

काठमाडौं । डिजिटल वालेट खल्तीबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा हेर्न सकिने भएको छ । परीक्षाफल प्रकाशित भएपछि खल्ती एपको होम स्क्रिनमा गई ‘एसईई रिजल्ट २०८०’ (SEE Result 2080) सर्च गर्नुपर्ने हुन्छ । त्यसपछि परीक्षार्थीको सिम्बोल नम्बर राखेर चेक रिजल्टको बटन ट्याप गर्नुपर्ने हुन्छ । 

सिम्बोल नम्बर मिलेको खण्डमा नतिजा स्क्रिनमा देखिनेछ । एपबाहेक नतिजा सार्वजनिक हुने बित्तिकै परीक्षार्थीले मेसेज बक्समा ‘SEE’ टाइप गरेर स्पेस दिई सिम्बोल नम्बर टाइप गर्नुपर्ने हुन्छ । त्यसपछि ३५००१ मा उक्त एसएमएस पठाए नतिजा मेसेजका रूपमा पाइनेछ । 

बोर्डले नतिजा प्रकाशित गर्ने तयारी गरेसँगै नतिजा हेर्न उपलब्ध हुने विभिन्न माध्यमको व्यवस्था गरेको छ । २०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण अनुमति पाएका वेबसाइट, एसएमएस र आईभीआर सेवाबाट पनि लिन सकिने बोर्डले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असार १२, २०८१ ११:४१