close

एसईईको परीक्षाफल प्रकाशित, यसरी थाहा पाउनुहोस् नतिजा

टेकपाना टेकपाना

असार १३, २०८१ ९:८

एसईईको परीक्षाफल प्रकाशित, यसरी थाहा पाउनुहोस् नतिजा

काठमाडौं । २०८० मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को बिहीवार विहान बसेको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । 

बोर्डका अनुसार परीक्षामा सहभागी चार लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्ये नियमिततर्फ दुई लाख ४२ हजार ९२ जना अर्थात् ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यी उत्तीर्ण विद्यार्थीले मात्र कक्षा ११ मा पढ्न पाउनेछन् । 

यस पटककाे परीक्षामा ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेडड (एनजी) भएका छन् । उनीहरूले ग्रेड वृद्धि परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ । ​एसईईमा १८६ जनाले ४ जीपीए ल्याएका छन् । त्यस्तै २२१ जनाको परीक्षा रद्द भएको छ । 

बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको हो । जसअन्तर्गत  सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

एसईई परीक्षाको नतिजा विभिन्न तरिकाले हेर्न सकिने छ । जसमा वेबसाइट, एसएमएस र आईभीआरका विकल्प रहेका छन् । तपाईंले निम्न तरिकाले आफ्नो एसईई नतिजा हेर्न सक्नुहुनेछ:

यसपटक विभिन्न वेबसाइट, एसएमएस र आईभीआरबाट नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा हेर्ने व्यवस्था मिलाइएको छ । एसएमएस अन्तर्गत नेपाल टेलिकम, स्विफ्ट टेक्नोलोजी, जानकी टेक्नोलोजी, इजी सर्भिस र आकाश टेकले एसईई नतिजा उपलब्ध गराउनेछन् । आईभीआर सेवा भने नेपाल टेलिकमले मात्र उपलब्ध गराउने छ ।

एसएमएसमार्फत नतिजा हेर्ने तरिका 

-सबैभन्दा पहिले मोबाइलमा मेसेज एप खोल्नुहोस् । 

-त्यसपछि न्यु मेसेजको अप्सनमा ट्याप गर्नुहोस् । 

-त्यसपछि SEE लेखेर आफ्नो सिम्बोल नम्बर (उदाहरणका लागि: SEE 12345678) टाइप गरी १६०० वा ३४४५५ वा ३५००१ वा ३४९४९ वा ३१००३ एसएमएस पठाउनुहोस् । एसएमएसमार्फत जीपीए मात्र थाहा पाउन सकिन्छ ।

 

आईभीआर सेवाबाट नतिजा हेर्ने तरिका

नेपाल टेलिकमको आईभीआर मार्फत नतिजा सुन्न १६०० मा कल गरेर अपरेटरले दिएको निर्देशन पालना गर्दै सिम्बोल नम्बर टाइप गरिसकेपछि नतिजा थाहा पाउने सकिनेछ ।

वेबसाइटबाट नतिजा थाहा पाउने तरिका

परीक्षा बोर्डसहित १० संस्थाका वेबसाइटमार्फत एसईई नतिजा हेर्न सकिने छ । सम्पूर्ण विषयमा आएको ग्रेड थाहा पाउनका लागि सिम्बोल नम्बर र जन्ममिति आवश्यक पर्छ । 

-राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० बाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् । 

-राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् । 

-नेपाल टेलिकमबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

-स्विफ्ट टेक्नोलोजीबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

-इडियु सञ्जालबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् । 

-कान्तिपुर पब्लिकेसनबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् । 

-ईसेवा लिमिटेडबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् । 

-फोनिक्स एजुकेसन फाउण्डेसनबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् । 

-एनसेल एप तथा डिजिटल वालेट खल्तीबाट पनि नतिजा हेर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असार १३, २०८१ १३:२६