close

एसईई नतिजामा चित्त नबुझे अनलाइनबाटै निवेदन दिन सकिने

टेकपाना टेकपाना

असार १३, २०८१ १४:३६

एसईई नतिजामा चित्त नबुझे अनलाइनबाटै निवेदन दिन सकिने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे अनलाइनबाटै पुनर्योग (Retotalling) का लागि निवेदन दिन सकिने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालयले यस वर्षदेखि रिटोटलिङका लागि अनलाइनबाटै निवेदन दिन सकिने व्यवस्था गरेको हो ।

कुन माध्यमबाट कसरी अनलाइन आवेदन दिने भन्ने खुलाइएको छैन । यसबारे बोर्डले छिट्टै सूचना जारी गरेर जानकारी दिने बोर्डका एक प्रतिनिधिले जनाए । साथै शिक्षक विकास तथा समन्वय इकाई वा परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा पनि सोझै निवेदन दिन सकिने छ ।

रिटोटलिङका लागि नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिइसक्नुपर्ने हुन्छ । परीक्षाफल चित्त नबुझे, नतिजा नखुले, अनुपस्थित देखाए वा प्राक्टिकल मार्क्स नदेखाए रिटोटलिङ गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असार १३, २०८१ १५:१६