close

एसईईको पूरक परीक्षाका लागि ९९९ रुपैयाँमै अनलाइन तयारी कक्षा

टेकपाना टेकपाना

असार १४, २०८१ १५:१३

एसईईको पूरक परीक्षाका लागि ९९९ रुपैयाँमै अनलाइन तयारी कक्षा

काठमाडौं । डिजिटल लर्निङ प्लेटफर्म एम्बिसन गुरुले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा पूरक परीक्षाको अवसर पाएका विद्यार्थी लक्षित नयाँ कोर्स ल्याएको छ । कम समयमा पूरक परीक्षाको तयारी गराउने उद्देश्यका साथ कम्पनीले नयाँ कोर्स ल्याएको हो ।

एम्बिसन गुरुका एकेडेमिक निर्देशक प्रकाश पाण्डेका अनुसार यो तयारी कक्षामा विद्यार्थीलाई परीक्षा केन्द्रित भएर पढाइने छ । अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुने यो कोर्समा दैनिक लाइभ क्लास, क्वेसन-आन्सर क्लास हुनेछन् । 

१६ असारदेखि हुने यो तयारी कक्षामा भर्ना भएका विद्यार्थीले एसईई परीक्षा अघि पढाइएका रेकर्डेड भिडिओमा समेत पहुँच पाउने छन् । त्यसो हुँदा उनीहरूले फुर्सदको समयमा पनि ती भिडिओ हेरेर पढ्न सक्ने कम्पनीका पाण्डेले बताए ।

यो कक्षा साँझ र बिहान दुई समयमा हुने छ । सामान्य कक्षामा भन्दा पनि विद्यार्थीलाई उत्तीर्ण गराउने तरिकाले यसमा पढाइने बताइएको छ । यसको शुल्क ९९९ रुपैयाँ रहेको छ ।

 

पछिल्लो अध्यावधिक: असार १४, २०८१ १६:३०