close

इन्जिनियरिङका विद्यार्थीलाई अनुसन्धानमा प्रेरित गर्ने अभियान सुरु

टेकपाना टेकपाना

असार २५, २०८१ ११:३४

इन्जिनियरिङका विद्यार्थीलाई अनुसन्धानमा प्रेरित गर्ने अभियान सुरु

काठमाडौं । नेपाल रिसर्च एन्ड कोल्याब्रेसन सेन्टर (एनआरसीसी) ले स्नातक तहका वि‌द्यार्थीहरू माझ अनुसन्धान संस्कृति प्रवर्द्धन गर्न नयाँ अभियान थालेको छ । विशेष गरी इन्जिनियरिङका विद्यार्थीहरूलाई अनुसन्धान संस्कृतिमा ल्याउन एनआरसीसीले ‘नेप्लिज इन रिसर्च क्याम्पेन ईः इन्करेजिङ, एजुकेटिङ, इम्पावरिङ’ नामक अभियान सुरु गरेको हो ।

यसले विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा आधारित सिकाइबाट व्यवहारिक अनुसन्धानतर्फ स्थानान्तरण गर्ने एनआरसीसीका सहसंस्थापक स्वस्तिका योगीले बताइन् । अभियानले वि‌द्यार्थीहरूलाई प्रेरित गर्ने र प्रभावकारी अनुसन्धानमा आवश्यक सीपहरू प्रदान गर्ने उद्देश्य राखेको उनको भनाइ छ । 

विशेष गरी यो अभियान सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, आर्किटेक्चर, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ अध्ययन गर्ने स्नातक तहका विद्यार्थीहरू प्रति लक्षित रहेको छ । हालसम्म कस्मोस इन्जिनियरिङ कलेज र नेपाल इन्जिनियरिङ कलेजमा कार्यक्रम सम्पन्न भइसकेको एनआरसीसीले जनाएको छ । 

कार्यक्रममा विभिन्न कार्यशाला तथा ‍र प्रस्तुतिहरू हुने बताइएको छ । यसका साथै वरिष्ठ अनुसन्धानकर्ताहरूले विद्यार्थीहरूलाई अनुसन्धानका विषयवस्तुहरू कसरी पहिचान गर्ने, व्यवहारिक अनुसन्धान कसरी गर्ने र आफ्ना निष्कर्षहरू कसरी प्रकाशित गर्ने भन्ने विषयमा मार्ग दर्शन गर्ने पनि जनाइएको छ ।

एनआरसीसीकी सहसंस्थापक योगीका अनुसार यो अभियान सशुल्क हुने छ । यसमा विद्यार्थीलाई मार्गदर्शक र सहकर्मीहरूसँग प्रत्यक्ष भेटघाट र संवाद गर्ने अवसर समेत मिल्नेछ ।

 

पछिल्लो अध्यावधिक: असार २५, २०८१ ११:३४