close

गुगलको एआई प्रयोग गरेर यसरी बनाउनुहोस् आफ्नै डिजाइनका अक्षर

टेकपाना टेकपाना

असार २५, २०८१ १९:३०

गुगलको एआई प्रयोग गरेर यसरी बनाउनुहोस् आफ्नै डिजाइनका अक्षर

काठमाडौं । केही समयअघिसम्म कुनै वस्तु जस्तै अक्षर बनाउन निकै समय लाग्थ्यो । ग्राफिक्स डिजाइनरहरूले घण्टौं समय लगाएर त्यस्ता डिजाइन बनाउँथे । यस्तो डिजाइन विशेष गरी लोगो बनाउन, रमाइलो खालका पोस्ट डिजाइन गर्न उपयोगी हुने गर्छ । यसै कामलाई गुगलको जेन टाइप (GenType) नामक एआई टुलले झनै सजिलो बनाउने भएको छ । 

गुगल ल्याब्स अन्तर्गतको यो एक अल्फाबेट जेनेरेटर टुल  हो । यो एआई टुल गुगलको जेनेरेटिभ ल्याङ्ग्वेज मोडल, इमेजेन टूबाट सञ्चालित छ । यसबाट तपाईंले आफूले चाहेको डिजाइनमा अक्षरहरू तयार पार्न सक्नुहुन्छ । यो काम कसरी गर्ने भन्नेबारे आज हामी यस टुलमा चर्चा गर्ने छौं: 

-सबैभन्दा सुरुमा यहाँ क्लिक गरी गुगल ल्याब्सको वेबसाइटमा जानुहोस् ।

 

 

-अब जेनटाइपमा क्लिक गर्नुहोस् । यसपछि नयाँ विन्डोज खुल्छ । त्यसमा तपाईंले यो टुल चलाउन साइन इन गर्ने विकल्प देखिन्छ । त्यसमा क्लिक गरेर आफ्नो गुगल अकाउन्टबाट साइनइन गर्नुहोस् ।

 

-यसपछि तलको जस्तो इन्टरफेस देखिन्छ । जहाँ तपाईंले बायाँ तिरको भागमा प्रम्प्ट (लिखित निर्देशन) लेख्नु पर्ने हुन्छ । 

-अब जेनेरेटमा क्लिक गर्नु भयो भने दायाँ भागमा अङ्ग्रेजी अक्षर 'ए' देखि 'जेड' सम्म तयार हुन्छ । 

-त्यसपछि दायाँ भागको माथिल्लो भागमा लेख्ने ठाउँ देखिन्छ । त्यसमा तपाईंले टाइप गर्ना साथ सो भागमा उक्त डिजाइन देखिन थाल्छ ।

 

यसरी तपाईंले गुगलको जेन टाइपमार्फत आफूले चाहे जसरी अक्षरको डिजाइन तयार पार्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असार २५, २०८१ १९:३१