close

नेपाली बजारमा सामसङ जेड फोल्ड सिक्स सार्वजनिक, मूल्य साढे २ लाख रुपैयाँ

टेकपाना टेकपाना

साउन २, २०८१ १४:३०

नेपाली बजारमा सामसङ जेड फोल्ड सिक्स सार्वजनिक, मूल्य साढे २ लाख रुपैयाँ

काठमाडौं । सामसङले नेपाली बजारमा ग्यालेक्सी जेड फोल्ड सिक्स र जेड फ्लिप सिक्स सार्वजनिक भएएको छ । बुधवार राजधानीमा पत्रकार सम्मेलन गर्दै कम्पनीले यी फोनको प्रिअर्डर खुला भएको घोषणा गरेको हो ।

सामसङ नेपालका प्रबन्ध निर्देशक इन सु किम, निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ शृङ्खला खतिवडाले यी फोन सार्वजनिक गरे ।

नयाँ ग्यालेक्सी जेड सिरिजमा फोल्डेबल फोर्म फ्याक्टर र एआई–इन्फ्युज्ड कनेक्टेड ग्यालेक्सी इकोसिस्टमको संयोजन छ । कम्पनीका अनुसार ग्यालेक्सी जेड फोल्ड सिक्स र जेड फ्लिप सिक्स अहिलेसम्मकै सबैभन्दा पातलो र हल्का डिभाइसहरू हुन् । 

ग्यालेक्सी जेड फोल्ड सिक्सले ठूलो स्क्रिनलाई अधिकतम बनाउन र प्रयोगकर्ताको उत्पादकत्वलाई वृद्धि गर्न एआई–सञ्चालित सुविधाहरू र उपकरणहरूको दायरा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै ग्यालेक्सी जेड फ्लिप सिक्सले नयाँ अनुकूलन र रचनात्मकता सुविधाहरूको दायरा प्रदान गर्ने भएकाले प्रयोगकर्ताले हरेक क्षणको अधिकतम फाइदा लिन सक्ने कम्पनीको भनाइ छ ।

प्रि-अर्डर अफरहरू साउन २ देखि १५ सम्म मान्य हुनेछन् । यसअन्तर्गत प्रि-अर्डर गर्ने पहिलो ५०० ग्राहकले एनसेल सधैं अन सिम प्राप्त गर्न सक्नेछन्, ६ महिनाका लागि १७ जीबी डाेटा, ४९९ मिनेट कल, प्रत्येक महिना ४९९ एसएमएस निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

साथै, सामसङले एक वर्षको लागि एक पटकको ब्रेकेज इन्स्योरेन्स पनि उपलब्ध गराएको छ ।

ग्यालेक्सी जेड फोल्ड सिक्स र जेड फ्लिप सिक्सको मूल्य र रंग विकल्पहरू:

  • ग्यालेक्सी जेड फ्लिप सिक्स (१२+२५६ जीबी): सिल्भर श्याडो, ब्लु – रु. १५४,९९९

  • ग्यालेक्सी जेड फोल्ड सिक्स (१२+२५६ जीबी): सिल्भर श्याडो, न्यभी – रु. २३४,९९९

  • ग्यालेक्सी जेड फोल्ड सिक्स (१२+५१२ जीबी): सिल्भर श्याडो, न्यभी – रु. २४९,९९९

पछिल्लो अध्यावधिक: साउन २, २०८१ १४:३९