close

घर-घरमा निःशुल्क स्वास्थ्य जाँच गर्न आउनेले एड्स सारिदिने भन्दै फेसबुकमा भ्रामक सूचना

टेकपाना टेकपाना

साउन २, २०८१ १८:५६

घर-घरमा निःशुल्क स्वास्थ्य जाँच गर्न आउनेले एड्स सारिदिने भन्दै फेसबुकमा भ्रामक सूचना

 

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा पछिल्ला केही दिनयता ‘निःशुल्क स्वास्थ्य जाँच गर्न आउनेले एड्स सारिदिने’ भनिएका पोस्ट शेयर भइरहेको भेटिएको छ । नेपाल फ्याक्ट चेकले गरेको तथ्यजाँचले यो जानकारी भ्रामक रहेको पुष्टि गरेको छ । 

सामाजिक सञ्जाल विशेषगरी फेसबुकमा एड्स सारिदिने दाबी गरिएका प्रायः एउटै किसिमको पोस्ट शेयर भइरहेको छ । जसमा भनिएको छ, “यदि कोही व्यक्ति तपाई‌ंको घर आएर हामी मेडिकल कलेजबाट आएका हौं । तपाई‌ंको ब्लड सुगर, प्रेसर निःशुल्क जाँच गरिदिन्छौं भन्यो भने त्यसो नगर्नुहोला । यस्ता व्यक्ति आएमा तुरुन्त पुलिसलाई फोन गर्नुहोला । यस्ता व्यक्तिहरु ISIS आतङ्ककारी हुन सक्छ, तिनीहरुले Injection द्वारा तपाईहरुको रगतमा HIV AIDS VIRUS जस्ता प्राण घातक जीवाणु फैलाई दिन सक्छ ।”

नेपाल फ्याक्ट चेकका अनुसार यो भ्रामक सामग्री हो । यसलाई विश्वसनीय देखाउन पोस्टरमा निशान छाप पनि राखिएको छ । प्रहरी र स्वास्थ्य मन्त्रालयका सम्बन्धित कर्मचारीले यो जानकारी भ्रामक रहेको नेपाल फ्याक्ट चेकलाई जानकारी दिएका छन् । 

यस्तो भ्रामक जानकारी करिब छ वर्ष अगाडि पनि भाइरल भएको थियो । त्यस बेला पनि यसरी नै ‘मेडिकल कलेजका विद्यार्थी हौं’ भन्दै आईएसआईएसका आतङ्कवादी आई एचआईभी इन्फेक्सन गराइदिने दाबी गरिएको थियो ।

पछिल्लो अध्यावधिक: माघ २५, २०८१ ९:२९