close

नथिङ फोन टू एको ‘प्लस’ भेरियन्ट आउँदै, केके होलान् फिचर ?

टेकपाना टेकपाना

साउन ६, २०८१ ९:१०

नथिङ फोन टू एको ‘प्लस’ भेरियन्ट आउँदै, केके होलान् फिचर ?

काठमाडौं । नथिङ फोन टू एको सफलतापछि कम्पनीले 'प्लस' भेरियन्ट पनि ल्याउने भएको छ । सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै कम्पनीले ३१ जुलाईमा नथिङ फोन टूए प्लस सार्वजनिक गर्ने जानकारी दिएको हो । 

कम्पनीले पोकेमोनको मेगा-एरोड्याक्टाइलको तस्वीर प्रयोग गरी फोनको टिजर प्रस्तुत गरेको छ, जसले फोन टूको विकास गरिएको संस्करणको सङ्केत गर्छ । यस फोन अपग्रेड भएर आउने भए पनि कस्ता कस्ता अपडेट गरिन्छन् त्यो भने कम्पनीले खुलाएको छ । कम्पनीले एक्समा सार्वजनिक गरेको फोटोमा अपग्रेडबारे कुनै सङ्केत गरिएको छैन । 

यस 'प्लस' भेरियन्ट टू ए फोनको दोस्रो भेरियन्ट हुनेछ । पहिलेको 'विशेष संस्करण' पनि छिट्टै बिक्री भएको थियो, जसमा विशेष रङ्गको डिजाइन थियो ।

हालै सार्वजनिक गरिएको सीएमएफ फोन १ पनि फोन टूको भेरियन्ट नै मान्न सकिन्छ, जसमा समान स्पेसिफिकेशनहरू छन् । तर यो कम मूल्यमा उपलब्ध छ ।

 

पछिल्लो अध्यावधिक: साउन ६, २०८१ ९:१०