काठमाडौं । सरकारले स्टार्टअपहरूलाई प्रोत्साहन एवं सहजीकरण गर्न एकद्वार प्रणालीको एक विशेष संयन्त्र तयार पार्ने भएको छ । आइतबार विश्वासको मत लिने क्रममा नेकपा अध्यक्ष केपी ओली शर्माले स्टार्टअपका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले एक द्वार प्रणालीको एक विशेष संयन्त्र तयार पार्ने बताएका हुन् ।
त्यस्तै आफ्नो सरकारले सूचना तथा सञ्चार प्रविधि, पर्यटन, ऊर्जा, कृषि तथा वन उद्योग र भौतिक पूर्वाधारलाई प्रमुख संवाहकका रूपमा विकास गर्ने उनले बताए । सोही कारण स्टार्टअप उद्योगी व्यवसायीहरू, बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्नो सोच, नवीनता र लगानी यी क्षेत्रमा केन्द्रित गर्न समेत नवनियुक्त प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।