काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बङ्गलादेशमा जारी आरक्षण कोटा विरोधी आन्दोलनबाट नेपाली विद्यार्थीहरूलाई कुनै समस्या परे ह्वाट्सएपमा सम्पर्क गर्न सकिने व्यवस्था मिलाएको छ । बङ्गलादेशमा विकसित घटनाक्रमको प्रभावले कुनै पनि थप समन्वय आवश्यक परेमा जुनसुकै समयमा पनि सम्पर्क गर्न मन्त्रालयले ह्वाट्सएप नम्बरको व्यवस्था गरेको हो ।
उक्त नम्बरमा बङ्गलादेशमा अध्ययनरत विद्यार्थीहरू तथा उनीहरूका अभिभावकले ईश्वर कुमार श्रेष्ठ (शाखा अधिकृत) मोबाइल नं. ९७७९८५११६०७८९ मा सम्पर्क गर्न सक्ने छन् । विद्यार्थीको अवस्थाबारे परराष्ट्र मन्त्रालयसँग सम्पर्क गरी आवश्यक सूचना आदानप्रदान समेत भइरहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै यसअघि नै परराष्ट्र मन्त्रालयले आन्दोलनका कारण समस्यामा परेका नेपाली विद्यार्थीहरूलाई स्वदेश फिर्ता ल्याउन अनलाइन माध्यमबाट आवेदन दिन सकिने व्यवस्था मिलाइसकेको छ । विद्यार्थी र उनीहरूका अभिभावकहरूले यहाँ क्लिक गरी आवश्यक विवरण राखेर फाराम भर्न सक्ने छन् ।
यसबाहेक परराष्ट्र मन्त्रालयले महेश्वरमणि त्रिपाठी (फोन: +९७७९८५११६६९८७, इमेल: [email protected]) र ढाकास्थित नेपाली दूतावासका द्वितीय सचिव योजना बमजन (फोन: +८८०१८८०६९१०१३, इमेल: [email protected] र [email protected]) तथा रिया क्षेत्री (फोन: +८८०१७४५४०७९५८, ईमेल: [email protected]) लाई सम्पर्क गरेर पनि आवश्यक जानकारी दिन सकिने व्यवस्था मिलाएको छ।